वेस्ट प्वाइन्टका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण

विकल्प न्यूज/बेनी
पुस २० गते । 3

बेनी क्याम्पसचोक स्थित वेष्ट पोइन्ट मंटेसरीमा बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । बुधबार सो मंटेसरीमा अध्ययन गर्ने ८१ जना बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
विद्यालयले नियमित रुपमा बार्षिक क्यालेण्डरमा नै उल्लेख गरेर यसरी स्वास्थ्य परिक्षण गर्ने गरेको छ । म्याग्दी अस्पतालका डाक्टर बिराट शर्मा र म्याग्दी संजीवनी अस्पतालका डाक्टर एभरेस्ट कुमार राइले नानिबाबुहरुको स्वास्थ्य परिक्षण गर्नु भएको हो । औषधि वितरण तथा आबस्यक सहयोग न्यु वेस्ट पोइन्ट आवासीय माध्यमिक विध्यालयका मेडिकल एसिस्टेन्ट बिमला पुन र सुष्मा पौडेलले गर्नु भएको थियो । आफ्ना नानिबाबुहरुको स्वास्थ्य परिक्षणका लागि आउनु भएका अभिभाबकहरुले डाक्टरहरुले अत्यन्तै राम्रो परामर्श दिनुभएको बताएका छन् ।
सो कार्यक्रममा करिब चार हजार पांच सय बराबरको औषधि वितरण गरिएको र अल्ली बढी समस्या भएका बालबालिकाहरुलाई डाक्टरहरुले जिल्ला अस्पतालमा आउन सल्लाह दिएका छन् । डाक्टर बिराट शर्माले अधिकांस बालबालिकाहरुको दाँतको समस्या भएको बताउनु भएको छ । बालबालिकाहरु धेरै गुलियो खाने भएकोले अभिभाबकहरु विशेष ध्यान दिनु पर्ने बताउनुभयो त्यसै गरि विद्यालयले अभिभाबकहरुका लागि सचेतना कार्यक्रमनै ल्याउनु पर्ने बताउनु भयो ।

परिक्षण कार्यक्रम सुभारम्भ गर्नु पुर्व एक औपचारक कार्यक्रमको आयोजना गरिएको थियो । वेष्ट पोइन्ट एजुकेशन फाउन्डेशन म्याग्दी प्रालिका अध्यक्ष शिब कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक निर्देशकहरु सुबास कुमार श्रेष्ठ सुदर्शन कुमार श्रेष्ठ यज्जन लाल शाक्य विद्यालयका प्रिन्सिपल डा. लाल रापचा, अभिभाबकरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भ शिक्षक अभिभाबक संघ मंटेसरी शाखाका संयोजक बिपिन बानियाले डाक्टर विराट शर्मा र एभरेष्ट कुमार राईलाई बिपी सेट प्रदान गरेर गर्नु भएको थियो कार्यक्रमको संचालन मंटेसरी संयोजक थरिमाया पुनले गर्नु भएको थियो स्वास्थ्य परिक्षण पश्चात डाक्टर द्धय शर्मा र राइलाई अध्यक्ष शिब कुमार श्रेष्ठले मायाँको चिनो र प्रसंसा पत्र प्रदान गर्नुभएको वेस्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताएका छन् ।