फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना दिवस मनाइयो

विकल्प न्यूज/जलजला
पुस २० गते ।jaljala gaupalikaपर्वतको जलजला गाउँपालिका ४ मा रहेको फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना र अभिभावक दिवस बुधबार मनाइएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक विद्यालयप्रति विश्वास बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको गुणस्तर सुधार र सिकाई उपलब्धि वृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा संयोजक गोविन्द खत्री, विद्याज्योती माविका स्रोत व्यक्ति सुभन्तनाथ सुवेदी, नेकपा एमाले पर्वतका प्रचारप्रसार संयोजक लालबहादुर अधिकारी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर बिकको अध्यक्षता र शिक्षक बलराम रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रअ गोपालप्रसाद आचार्यले शैक्षिक, आर्थिक, भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यार्थी संक्षिना हमाल र मनिष गिरीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो भने विद्यार्थीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए । ३० जना विद्यार्थीहरुलाई दलित कल्याण छात्रवृत्ती वितरण गरिएको थियो ।

कार्यक्रममा खाजाको व्यवस्थाका लागि डम्मरबहादुर स्मृती कोषको ब्याजका साथै स्थानीय तिला हमाल र शुशिला हमालले एघारएघार सय रुपैया उपलब्ध गराउनुभएको थियो ।