म्याग्दी महोत्सवको उद्घाटन प्रचण्डबाट हुने भएपछि आयोजक उत्साहित

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २१ पुष ।

prachandपुष २८ देखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुहुने भएको छ ।
महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले पुष २८ गते दिउँसो १ बजे पुर्व प्रधानमन्त्री दाहालले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा म्याग्दीको सम्भावनालाई उदेश्यले आयोजना हुन लागेको महोत्सवको प्रमुख अतिथिको रुपमा प्रचण्डलाई निमन्त्रण दिईएको र महोत्सवलाई उद्घाटन गर्न उहाँ आउने पक्का भएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्यले जानकारी दिनुभयो ।

प्रचण्डको निजि सचिबालय संग समन्वय गरि दिउँसो १ बजे महोत्सवको उद्घाटन गर्ने गरि समय समेत तय भईसकेको छ । प्रचण्ड हेलीकप्टर मार्फत बेनीमा आउनुहुने म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ ।

विहान साढे १० बजेदेखि बेनीमा विभिन्न जातजातीको पहिचान झल्कने झाँकी सहितको ¥याली पश्चात खुल्ला मञ्चमा प्रचण्डले औपचारीक रुपमा महोत्सवको उद्घाटन गर्नुहुने संघले जनाएको छ ।
यसैबिच महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक संकलन, प्रचार प्रसार, स्टल निर्माण लगायतको तयारीलाई तिब्रता दिएको छ ।
१५० वटा स्टल बुक भईसकेका छन् । महोत्सव सञ्चालनका लागि ७३ लाख ११ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । पर्चा, पम्पलेट, ब्रोसर, ब्यानर, सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत महोत्सव प्रचारप्रसार गरिएको छ ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको प्रचारप्रसार उपसमितिका संयोजक सुवर्ण रिजालले बताउनुभयो ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीका लागि स्टलको व्यवस्था गरिएको द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।