मल्लाज स्वास्थ्य चौकीको व्यवस्थापन समिति गठन

विकल्प न्यूज/जलजला पर्वत
पुस २१ गते । mallaj-health-post-2पर्वतको जलजला गाउँपालिका ३ मा रहेको मल्लाज स्वास्थ्य चौकीको शुक्रबार विकास समिति गठन भएको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को अध्यक्षतामा ७ सदस्यीय विकास समिति गठन भएको हो । चौकीका प्रमुख गोरे नेपाली सदस्य सचिव रहनुभएको समितिको उपाध्यक्षमा निरु जिसी, सदस्यहरुमा रघुनाथ आचार्य, चित्रनाथ रेग्मी, ज्योती मल्ल, वडा सचिव मिनबहादुर खत्री रहनुभएको छ ।

गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को उपस्थितीमा भएको सरोकारवालाहरुको भेलाबाट गठन भएको समितिको पहिलो बैठकले स्वास्थ्य चौकीमा खकार, दिसा, पिसाव र रगत परिक्षण सेवा सञ्चालन गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।
यसैगरी शुक्रबार जलजला गाउँपालीकाको मल्लाज स्थित कार्यालयमा गाउँपालीकामा रहेका विद्यालयका प्रअहरुको बैठक सम्पन्न भएको छ । गाउँपालीकाका अध्यक्ष मल्लको अध्यक्षतामा बसेको बैठकमा शैक्षिक गुणस्तर सुधार र गाउँपालीकाको शिक्षा सम्बन्धि योजना तथा कार्यक्रम कार्यान्वयनको विषयमा छलफल भएको थियो ।