घलेम्दीको अध्यक्षमा पुनः सुवेदी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ पुस ।

IMG_3500म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्यूत अयोजना निर्माण गरिरहेको घलेम्दी हाइड्रो लिमिटेडको अध्यक्षमा किसोर सुवेदी चयन हुनुभएको छ । कम्पनीको शनिवार बेनीमा सम्पन्न चौथो साधारण सभाबाट सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको हो ।

साधारणसभाबाट सञ्चालक सदस्यहरुमा प्रमोद श्रेष्ठ, नारायणबाबु अधिकारी, उत्तम प्रसाद बैद्य, सरद राज श्रेष्ठ, टंक प्रसाद बरुवाल, कम्पनि सचिबमा बिमल रिजाल र शम्भु तिमल्सिनालाई कानुनी सल्लाहकारमा चयन गरिएको छ । कार्यक्रममा घलेम्दी हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष किसोर सुवेदीले आयोजनाको करिब ८० प्रतिशत पूर्वाधार निर्माणको काम सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले स्थानीय उद्योगी, व्यवसायीहरुको पहलमा निर्माण भईरहेको घलेम्दीखोला जलविद्यूतले जिल्लामा जलविद्यूत क्षेत्रमा स्थानीयलाई लगानी र रोजागारिको अबसर सृजना गरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य विनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले आयोजनालाई निर्धारित समयभित्रै सम्पन्न गरि जिल्लामा रहेका अन्य जलविद्यूत आयोजनाहरुको लागि सकरात्मक सन्देश दिन लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्का, शेयर सदस्य डाक्टर मायाँकुमारी शर्मा, देविभक्त ढकाल, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिब गोरखनाथ सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हरिकृष्ण गौतमले गर्नुभएको थियो । कम्पनिले निर्माण गरिरहेको घलेम्दीखोला जलविद्यूत आयोजनाको काम आगामी बैशाख अगाबै पूर्वाधार निर्माणको काम सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।