जलजलाका किवी कृषकको सञ्जाल गठन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ पुष ।

jaljala gaupalikaपर्वतको जलजला गाउँपालिका ६ शालीजामा शनिबार सम्पन्न किवी खेती गर्दै आएका कृषकहरुको भेलाले ब्यवसायीक किवी खेती सञ्जाल समिति गठन भएको छ ।

गाउँपालीकाको कृषि शाखाका प्रमुख चन्द्रबहादुर चापागाईको अध्यक्षता र गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्ण रन्तिजाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा फत्तबहादुर पुन, सचिवमा समबहादुर तिलीजा, कोषाध्यक्षमा शुशिला पुन, सदस्यहरुमा शुशिला जिसी, यज्ञ सुवेदी, धनमाया पुन, तारा चोचाङ्गी र हर्कबहादुर पुन रहनुभएको छ ।

जलजला गाउँपालीकाले शालीजा र लेकफाँटमा किवी खेतीको विकास र विस्तारका लागि आयमुलक कार्यक्रममा किवी खेतीलाई प्राथमिकता दिएको गाउँकार्यपालीकाका प्रबत्ता देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो ।

यसैगरी जलजला गाउँपालीका २ र ३ मा पर्ने बगरफाँट आमा समूहको साधारणसभा शनिबार बगरफाँटमा सम्पन्न भएको छ । साधारणसभामा गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामाजिक परिवर्तन र विकृती विरुद्ध महिलाहरु एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।

महिलाहरुको नेतृत्व तथा क्षमत्ता विकासमा गाउँपालीकाले प्राथमिकता दिने अध्यक्ष मल्लले बताउनुभयो । समूहकी अध्यक्ष पञ्चमाया पुनको अध्यक्षता र उपाध्यक्ष मनिषा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा ३ नम्बर वडाका अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।