म्याग्दी समाचार
जलजला गाउँपालिकामा भवन निर्माण सुरु
विकल्प न्यूज/बेनी पुस ५ गते । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आचार्यले शिलान्यास गर्नुभयो […]
हेम माविलाई धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज/बेनी पुस ५ गते । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हेम मावि शिवाङले हात पारेको छ । शिवाङमा बुधबार साँझ सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक […]
प्रशिद्ध धार्मिक स्थल धाइरिङ भुमेथान (फोटोफिचर)
विकल्प न्यूज\बेनी पुस ३ गते । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रशिद्ध धाइरिङ भुमेथानको दर्शन र पूजाआजा गरे मनोकांक्षा पुरा हुने गहिरो जनविश्वास छ । भुमेथान यस क्षेत्रकै प्रशिद्ध धार्मिक स्थल हो । धाइरिङ गाउँको सिरानमा करिब नौं पुस्ता अघि भूमेथानको स्थापना गरिएको थियो । जुम्लामा पूजा गर्ने भुमेथानलाई आचार्य परिवारले […]
रघुगंगा माविलाई चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज/बेनी पुस ३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो । यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ शिल्ड पच गराएको […]
वैदेशिक रोजगारीमा पठाउने भन्दै ४६ लाखभन्दा बढी ठगी गर्ने पक्राउ
विकल्प न्यूज/बेनी पुस ३ गते । वैदेशिक रोजगारीमा पठाउने बाहनामा रु ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र रु ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ ९साविक बरङ्जा गाविस०–८ का ४३ वर्षीय गङ्गाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]
जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु
विकल्प न्यूज/बेनी पुस ३ गते । पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् । जलजामा रहेका करिब […]
एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान
बेनी, पुस ३ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री […]
धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन
विकल्प न्यूज/बेनी पुस ३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक […]
रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोसहित)
विकल्प न्यूज/बेनी पुस २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो […]
अन्नपूर्ण गाउँपालिकाको वडास्तरमा योजना सम्झौता शिविर सुरु
ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामा पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो । उपभोक्ता समिति सँग योजना सम्झौता गर्न गाउँपालिकाका कर्मचारी,प्राविधिक र बैंकका कर्मचारीहरु […]
म्याग्दीका पत्रकार धिरन खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत
विकल्प न्युज / बेनी पुस १ गते । बेनी, म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा अध्यक्ष […]
पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि
म्याग्दी, पुस १ गते । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ । संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७ […]
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन सुरु
ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १ गते । नेपाली कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलन आइतबार बेनीमा सुरु भएको छ । बेनी बजार स्थित मंकाः खलको सभाहलमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुभयो । सम्मेलनमा महामन्त्री शर्माले वर्तमान राजनीतिक अवस्था, पार्टीको आगमी कार्यक्रम र पार्टीले खेल्नुपर्ने भूमिका वारेमा सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको जिल्ला सभापति […]
‘मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्छ’
विकल्प न्यूज \बेनी पुस १ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुभएको थियो । मेलमिलाप केन्द्र र न्यायिक समितिमा आउने मुद्दाको […]
पुलाचौरका कृषकलाई तरकारीको बिउबिजन र मल सहयोग
विकल्प न्यूज \बेनी मंसिर ३० गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका ५० जना कृषकलाई तरकारी खेती गर्नका लागि बिउबिजन र मल सहयोग भएको छ । असल छिमेकी नेपालको आयोजनामा शनिवार एक कार्यक्रमको आयोजना गरी पुलाचौरका कृषकहरुलाई मलबिउ हस्तान्तरण गरिएको हो । पुलाचौर र सेताढुङ्गा गरी दुईवटा कृषक समूलाई विभिन्न प्रकारका तरकारीको बिउबिजन सहयोग गरिएको असल […]