म्याग्दी समाचार

म्याग्दीकी थापा प्रतिनिधिसभा सदस्यमा चयन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ माघ । नेकपा एमालेले पोलीट ब्युरो सदस्य थममाया थापालाई समानुपातीकतर्फ प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ ।  एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातीकतर्फका प्रतिनिधीसभा सदस्यहरुको सूचिको पाँचौ नम्बरमा आदीवासी, जनजाती, महिला कोटाबाट थापाको नाम परेको छ । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलाकी महिला नेत्री थापा यसअघि २०६४ को संबिधानसभामा एमालेबाट समानुपातीक सांसद […]

भारतीय एक्जिम बैंकको स्वीकृति कुर्दै राहुघाट

२९ माघ, काठमाडौं । ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको छ, भारतीय कम्पनी जयप्रकाश एसोसिएट्सले । तर, म्याग्दीको गलेश्वरमा निर्माण हुने आयोजनामा सम्झौता भएको तीन महिना बितिसक्दा पनि काम शुरु भएको छैन । त्यसको कारण हो, भारतीय एक्जिम बैंकले ठेकेदार कम्पनीको स्वीकृति अड्काएर राख्नु । बैंकको बोर्डबाट हालसम्म एसोसिएट्सले स्वीकृत पाएको छैन । […]

पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज पुलाचौर २८ माघ । बेनी नगरपालिका ५ पुलाचौरका महिलाहरुले सिकेको सीपलाई निरन्तरता दिदै सामुहिक व्यवसाय गर्नका लागि साझा सुबिधा केन्द्रको भवन बनाएका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आवद्ध महिला उद्यमीहरुले निर्माण गरेको तिन कोठे भवनको आईतबार प्रदेशसभा सदस्य बिनोद केसी र गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन गर्नुभयो । […]

मिजार समाजद्धारा क्यान्सर पीडितलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ माघ । मिजार समाज म्याग्दीले एक जना क्यान्सर रोगीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । नाकमा मासु पलाएर क्यान्सरबाट थलीएका मंगला गाउँपालिका १ कुहुँका ६५ वर्षिय दुर्गाबहादुर लाम्गादेलाई दश हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको हो । समाजका अध्यक्ष सुकलाल किसान, सल्लाहकार मनबहादुर चर्माकार, उपाध्यक्ष भवीराम किसान, कोषाध्यक्ष कुलबहादुर […]

अपडेट ः बोलेरो दुर्घटनामा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटमा आईतबार दिउँसो बोलेरो जिप दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । बेनी देखि अन्नपूर्ण गाउँपालीकाको शिख तर्फ जादै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो जिप बेनी जोमसोम सडकको रिठाबोट भन्ने ठाउँमा कालिगण्डकीमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । अन्नपूर्ण […]

बैंसरीमा जिप खस्दा दुइको मृत्यु

विकल्प न्यूज /बेनी माघ २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतवार दिउसो सडकबाट बोलेरो जिप खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो […]

पृथ्वीसुब्बा गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने सहमति

२८ माघ, पोखरा । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा आएका थिए थिए ।आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने […]

नेत्रनाथ बन्ने भए प्रदेश ४ का सभामुख

२७ माघ, पोखरा । माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । तर, एमालेले भने मुख्यमन्त्री छान्न बाँकी नै छ । शनिबार पोखरामा बसेको बैठकले माओवादी प्रदेशसभा संसदीयदलको बैठकले सभामुखसँगै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि समेत टुंगो लगाएको हो । सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने माओवादी संसदीय […]

जनप्रतिनिधिले स्टेशनरी वितरण गरेर जन्मदिन मनाए

विकल्प न्यूज/जलजला माघ २७ गते । पर्वतको जलजला गाउँपालिकाका एक जना जनप्रतिनिधिले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर जन्मदिन मनाउनुभएको छ । जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले ३० औ जन्मदिनको अवसरमा बाँसखर्कमा रहेको जनज्योती र देउराली आधारभुत तथा ज्योती मण्डल माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो । जनज्योतीका २६, ज्योती मण्डलका १९ […]

महारानी थानलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न जोड

विकल्प न्यूज/बेनी माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका ७ कुरीलाखर्कमा रहेको महारानी थान मन्दीरको प्रचारप्रसार र पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड दिइएको छ । शुक्रवार महारानी थान क्षेत्र विकास समितिको तेस्रो अधिवेशन तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले ऐतिहाँसिक धार्मिक स्थलको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा […]

म्याग्दीका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तिब्र

सन्तोष गौतम /विकल्प न्यूज माघ २५ गते । पूर्वाधार निर्माणले तिब्रता पाएसंगै म्याग्दीका सामुदायिक विद्यालयको वातावरण फेरीँदै गएको छ । पछिल्लो केही वर्षयता सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा वार्षिक करोडौ लगानी भइरहेको छ ।शिक्षा कार्यालयले चालु आर्थिक वर्षमा मात्र म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सात करोड ३८ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको […]

बेनीमा नवराजले कविता वाचन गर्न थालेपछि ….. (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । बेनीमा बिहीबार कबिता कन्र्सट भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र प्याब्सन म्याग्दीको आयोजनामा छुट्टा छुट्टै स्थानमा कबिहरुले कबिता बाचन गर्नुभएको हो । क्याम्पस परिसरमा बिहान र दिउँसो प्याव्सनको आयोजनामा म्याग्दी सिनेमा घरमा कबिता बाचन भएको थियो । कबि नवराज पराजुली, सुदेश सत्याल र अख्यानकार गनेश पौडेलको प्रस्तुती […]

उत्पादन मिति नराखीकन चाउमीन बिक्री

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ माघ ।म्याग्दीको बेनीमा उत्पादन मिती नराखीकन चाउमीन बिक्री गरेको भेटिएको छ । जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगले उत्पादन मिती नराखीकन चाउमीन बेचेको पाइएको हो । उत्पादन मिती नभएको प्याकेटको चाउमीन प्रशासनले जफत गरी बुधबार नष्ट गरेको छ । बेनीका होटल तथा खाजा पसलहरुमा बिक्री गर्न ल्याएको चाउमीनमा […]

वन कार्यालय म्याग्दीले सार्वजनिक ग¥यो ८२ लाखको वार्षिक कार्यक्रम

विकल्प न्यूज/बेनी माघ २३ गते । जिल्ला वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षका लागि चालु र पूँजीगत गरी ८२ लाख ८ हजार रुपियाँ वरावरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मंगबार बेनीमा सरोकारवाला निकायहरु सहितको कार्यक्रम आयोजना गरी वन कार्यलयले आफ्ना कार्यक्रम सार्वजनिक गरेको हो । चालु आवमा कार्यालयले चालु र पूँजीगत गरि सामुदायिक तथा […]

पर्वत बेनीमा एनआईसी एशियाको शाखा स्थापना

सन्तोष गौतम/विकल्प न्यूज पर्वत २३ माघ । पर्वतको जलजला गाउँपालिकामा बैङ्कको शाखा खुलेको छ । एनआईसी एसीया बैङ्कले जलजला गाउँपालिका ३ पर्वत बेनीमा शाखा विस्तार गरेर बैङ्कीङ सेवा प्रवाह सुरु गरेको हो । सबै स्थानीय तहमा बैङ्कीङ सेवा पु¥याउने सरकारको लक्ष्य अनुसार जलजला गाउँपालिकालाई लक्षित गरेर शाखा स्थापना गरेको बैङ्कले जनाएको छ । म्याग्दीसंग सिमाना […]