सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ चैत । भारतीय दुतावासले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई उपलब्ध गराएको एम्बुलेन्सको बुधबारदेखि सेवा सुभारम्भ गरिएको छ । बेनी स्थित रेडक्रसको कार्यालय परिसरमा औपचारीक कार्यक्रम र धार्मीक बिधी अनुसार पुजापाठ गरेर एम्बुलेन्सको सेवा सुरु गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, भुपु सैनीक कल्याणकारी संघका जिल्ला अध्यक्ष मिनबहादुर कार्की, स्थानीय तहका जनप्रतिनिधि, रेडक्रसका पदाधीकारी र राजनितिक दलका प्रतिनिधिको उपस्थितीमा सेवा शुभारम्भ गरीएको थियो ।
रेडक्रसका शाखा सभापति लेखबहादुर हमालले विगतमा धेरै एम्बुलेन्स दुर्घटनामा पर्ने गरेकाले यसपटक दिन हेराएर धार्मीक बिधी अनुसार एम्बुलेन्स सेवा सुभारम्भ गरिएको बताउनुभयो ।
भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा गत माघको १२ गते दुतावासले अन्नपूर्ण गाउँपालीका र रेडक्रस जिल्ला शाखालाई एम्बुलेन्स उपलब्ध गराएको थियो । भारतीय गोर्खा सैनीकका सेवा निवृत्त क्याप्टेन समेत रहनुभएका अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनको पहलमा एम्बुलेन्स प्राप्त भएको हो ।
उत्तरी क्षेत्रको लागि अन्नपूर्ण गाउँपालीकाले गत माघदेखिनै एम्बुलेन्स सेवा सुरु गरेको थियो । रेडक्रसले बेनी आसपास र पश्चिमी क्षेत्रमा सेवा दिने गरी सञ्चालन गर्ने जनाइएको छ ।
ग्रामिण क्षेत्रका सर्वसाधारण एम्बुलेन्स सुबिधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने र महँगो खर्च गर्नुपर्ने समस्या रहेकाले उनिहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ । हाल यसअघि म्याग्दीमा बेनी अस्पतालको एउटा मात्र एम्बुलेन्स सञ्चालनमा थियो । अहिले तिन वटा भएको छ ।
मोना बेलायतले नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखा र जिल्ला शाखालाई उपलब्ध गराएको दुई वटा एम्बुलेन्स मर्मत अभावमा थन्किएका छन भने दरवाङ उपशाखाको एम्बुलेन्स चालक अभावमा प्रयोगमा आउन सकेको छैन् ।