म्याग्दी समाचार

खुल्यो करबाकेली पदमार्ग

सुरेन्द्र राना/म्याग्दी बैशाख १३ गते ।     संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग करबाकेली पदमार्ग एक्सप्लोर […]

जलजलामा फोहोर व्यवस्थापनको समस्या

विकल्प न्यूज/बेनी बैशाख १३ गते ।  जलजला गाउँपालिकाको बजार क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या देखिएको छ । तिब्र रुपमा बजारीकरण हुदै गएको बगरफाँट, वारीबेनी, लामाखेत, मोहनचोक, मिलनचोक, लस्ती बजारमा फोहोर व्यवस्थापन चुनौती बनेको छ । बजारका संकलन भएको फोहोर सडक, नदीको छेउछाउमा फाल्ने र आगो लगाउने गर्नाले स्थानीयबासी, पैदलयात्री र सवारी साधनबाट आवत जावत गर्नेहरु समस्यामा […]

मंगला गाउँपालिकाको एघार बिधेयक पारित

सन्तोष गौतम/विकल्प न्यूज बैशाख १२ गते । मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ११ वटा बिधेयक पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको बिधेयकहरु गाउँसभामा छलफलपछि सर्वसहमतीमा पारित भएको हो । गाउँपालिकाको आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, सहकारी ऐन, बजार अनुगमन निर्देशिका, कृषि […]

सांसद तुलाचनद्धारा बालिकाको अभिभावकत्व ग्रहण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ बैशाख । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले थासाङ गाउँपालिका ४ की एक बालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । जनप्रतिनिधिले विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर भर्ना अभियान सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रम अनुसार सांसद तुलाचनले अन्नपूर्ण आधारभुत विद्यालयको कक्षा १ मा स्थानीय कञ्चन बिकलाई भर्ना गराउनुभएको हो । सांसद तुलाचनले […]

धौलागिरीका अध्यक्ष र उपाध्यक्षद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण

विकल्प न्यूज/बेनी म्याग्दी १२ बैशाख । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अध्यक्ष पुनले धौलागिरी गाउँपालिका ४ खिवाङकी बिन्दीका बुढालाई स्थानीय चन्द्रज्योती माविको कक्षा ६ मा भर्ना गराउनुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था भएकी बुढालाई अध्यक्ष पुनले वार्षिक पढाई खर्च समेत ब्यहोर्ने बताउनुभएको […]

गरिमाको निक्षेप संकलन र व्यवसाय विस्तार ४०% ले बढ्यो

विकल्प न्यूज/बेनी बैशाख १२ गते । गरिमा विकास बैक (GBBL)ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २८ करोड १५ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १४ रुपैयाँ ८१ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक बर्षको यहि अवधिमा २४ करोड ८५ लाख रुपैयाँ कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा पुरयाएको थियो […]

ब्यापार व्यवसायलाई गाउँपालिका मातहत ल्याउन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ बैशाख / पर्वतको जलजला गाउँपालिकाका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र व्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ । गाउँपालिकाको ९ वटै वडामा रहेका ब्यापार व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । वडा स्तरमा जनप्रतिनिधि र कर्मचारीहरुको टोली परिचालन गरेर अनुगमन तथा ब्यवसाय दर्ता गर्न सुरु गरिएको प्रमुख प्रशासकीय […]

पौलत्स्य माविमा अक्षयकोष स्थापनाका लागि अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ बैशाख । बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा विभिन्न अवसरमा हुने फजुल खर्च कटाएर अक्षयकोष स्थापना गर्ने अभियान सुरु भएको छ । पूर्व विद्यार्थीहरुले जन्मदिन, बिवाह लगायत अवसरमा हुने खर्च कटाएर विद्यायमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्न थालेका हुन् । पौलत्स्य मावि अक्षयकोष स्थापनाका लागि पूर्व विद्यार्थीहरुलाई आफ्नो जन्मदिन […]

गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु

विकल्प न्यूज/बेनी बैशाख ११ गते । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बराङ्जालाई गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेट तथा कार्यक्रममार्फत सडक निर्माणको काम अगाडि बढाइएको हो । मंगला–३, को सातबिसेदेखि सडकको ट्¥याक खोल्ने काम सोमबारदेखि औपचारिक रुपमा सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ […]

आफ्नै पालिकामा पुग्न ईन्डिया गए जस्तो भयो– राम्चेबासी

विकल्प न्यूज/बेनी बैशाख ११ गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाहरु गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि कम्तीमा तिन दिन समय बिताउनुपर्ने बाध्यता छ । यातायात र सडकको सहज सुबिधा नहुँदा ६ नम्बर वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिको कार्यालयमा पुगेर सेवा लिन स्थानीयबासीलाई सास्ती भएको हो । पर्वतको जलजला देखि सदरमुकाम बेनी झरेर पुन रघुगंगा […]

घार स्वास्थ्य चौकीको भवन निर्माण कार्य तिब्र

विकल्प न्यूज/बेनी बैशाख ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत गत माघ महिनादेखि भवन निर्माण कार्य सुरु गरेको थियो । ठेक्का सम्झौता गरेको आचार्य उत्तरगंगा निर्माण सेवाले काम सुरु गरेको करिब तिन […]

बिकट राम्चेभित्र सम्भावना लुकेको छ

विकल्प न्यूज/बेनी बैशाख १० गते । राम्चेमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधिको हैसीयतमा काम गर्दैछु । यसअघि वि.स २०५४ मा तत्कालीन राम्चे गाविसको उपाध्यक्षमा निर्वाचित भएर काम गरेको थिएँ । भुगोल एउटै भएपनि त्यसबेलाको गाविस र अहिलेको वडाको काम, कर्तब्य र अधिकारमा आकाश जमिनको फरक छ । नयाँ संरचना भएकाले एक वर्षको अवधि ऐन, कानुन, बिधी, […]

हुलाकीडाँडाका इश्वरको जिल्लामै पहिलोपटक टर्की पालनव्यवसाय

सन्तोष गौतम/विकल्प न्यूज बैशाख १० गते ।  युवाको लहर विदेशतिर बढिरहेका बेला बेनीका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । बेनी नगरपालिका १ हुलाकीडाँडाका ईश्वर केसीले जिल्लामै पहिलो पटक टर्की जातको पंक्षी पालन गर्नुभएको हो । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राख्नुभएका केसीले टर्की पालन गरी स्वदेशमै बसेर नाम र दाम […]

यसरी पुग्न सकिन्छ अन्नपूर्ण आधार शिवीर

विकल्प न्यूज/बेनी बैशाख १० गते । नारच्याङ देखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिवीर जोड्ने नयाँ पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङदेखि पहिलो पटक हिमाल आरोहण र पदयात्रीको टोली गत शुक्रबार आधार शिवीर पुगेका हुन् । बुधबार नारच्याङबाट आधारशिवीरतर्फ प्रस्थान गरेको पर्यटकहरुको टोली तिन दिनमा आधार शिवीर पुगेको दानाका […]

बेगमा विदेशबाट बिप्रेषणसंगै विकास भित्रीयो

सन्तोष गौतम/विकल्प न्यूज बैशाख ९ गते । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशीएका रघुगंगा गाउँपालिका १ बेगका बासिन्दाहरुले गाउँमा करोडौको विकास भित्र्याएका छन् । देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशीएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् । प्रवासीहरुको पहलमा बेगमा करोडौ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको […]