म्याग्दी समाचार

प्रेस युनियन पत्रकारिता पुरस्कारबाट पत्रकार गौतम सम्मानीत

विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमलाई प्रेस युनियन जिल्ला शाखा म्याग्दीले पुरस्कृत गरेको छ । आइतवार बेनीमा युनियनको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकासका साथै परोपकारी क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार गौतमलाई पुरस्कृत गरिएको हो । अधिवेशनका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरशिंह […]

पर्वत बेनीमा रक्तदान कार्यक्रम सम्पन्न

सन्दिप शर्मा/म्याग्दी असोज १३ गते । पर्वतको जलजला गाउँपालिका –३ पर्वत बेनीमा लायन्स क्लब अफ वेनी मल्लाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रत्तसञ्चार केन्द्र बेनी म्याग्दीको समन्वयमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै डिस्टिक एडभाईचर चन्द्रकुमार केसीले समाजमा रचनात्मक क्रियाकलापहरु सञ्चालनगरी एक अर्कामा सहयोगको भवना लायन्स्ले ल्याएको बताउनुभयो । कार्यक्रममा क्लवका […]

बेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालन

१३ असोज, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाको […]

ढुंगाखानीको उपयोग भएन

अगन्धर तिवारी/पर्वत असोज १३ गते ।  सहरबजारमा बन्ने घरका भित्ता र भुइँ आकर्षक बनाउन कटिङ ढुंगाको माग बढदो छ । एउटा इँटाको साइजको एउटा पातलो कटिङ ढुंगा १९ देखि ५० रुपैयाँसम्ममा किन–बेच हुन्छ । पोखरा, नारायणगढ र काठमाडौंसम्म माग हुने ढुंगाको बजार राम्रो रहेको व्यवसायी बताउँछन्।  यहाँका ढुंगाखानीबाट निकाल्न सकिने त्यस्तो ढुंगा भने व्यावसायिक तवरले बेचबिखन अझै […]

स्थानीय तहबाटै नागरिकता

विकल्प न्यूज/पर्वत असोज १३ गते ।जलजला ४ कि बिममाया नेपालीले गाउँपालिकाबाटै नागरिकताको प्रमाणपत्र पाइन् । उनले मतदाता नामावलीमा फोटोसहितको परिचयपत्रका लागि नाम पनि त्यहीं दर्ता गराइन् । जलजलाकै सरिता परियार, पम्फा सार्की, कल्पना दर्जी र गीता दमाईलगायतका ६२ जनाले गाउँपालिका कार्यालयबाटै नागरिकता पाए । नागरिकता नलिएकाले समेत मतदाता परिचयपत्रका लागि गाउँपालिकामै फोटो खिचाए । स्थानीय तह कार्यान्वयनको करिब डेढ […]

म्याग्दी क्याम्पस र उवासंघ विच रोजगार व्यस्थापन सम्बन्धी सम्झौता

विकल्प न्यूज/बेनी असोज १२ गते । म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पस र निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ विच रोजगार व्यवस्थापन सम्बन्धि सम्झौता भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रोजगारीको व्यवस्थापन गर्न क्याम्पस र वाणिज्य संघ विच सम्झौता भएको हो । शुक्रवार उद्योग वाणिज्य संघको कार्यालयमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी […]

जन्मदिनको अवसरमा मिर्गौला पीडित सुरेशको उपचारमा सहयोग

विकल्प न्यूज/बेनी असोज १२ गते । बेनीको माउण्ट एभरेष्ट आवाशीय माविको कक्षा ५ मा अध्ययनरत सत्कार केसीले आफ्नो जन्मदिनको अवसरमा मिर्गौला रोगबाट थलिएका सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ८ निवासी समाजसेवी एवम् पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष सुरत केसी र सुनिता केसीका छोरा सत्कारले आफ्नो ११ औं वर्ष प्रवेशका […]

रातोमाटो खन्दा खसेको ढिस्कोले पुरिएर एकको मृत्यु

विकल्प न्यूज/बेनी असोज १२ गते ।  म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएक एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी ३५ वर्षिया कल्पना बोहोराको […]

नेकपामा नेतैपिच्छे गुट, जिल्ला र जनवर्गीय संगठनमा विवाद

विकल्प न्यूज/बेनी असोज १२ गते । तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा […]

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

विकल्प न्यूज/बेनी असोज १२ गते ।  गुल्मी   राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।  तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन ।  गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले […]

धवलागिरीमा मोवाईल टावर विस्तार गर्न पहल

विकल्प न्यूज/बेनी असोज ११ गते । धवलागिरी गाउँपालिकाले सञ्चार सेवाको पहुँच विस्तारका लागि थप तीन स्थानमा जिएसएम मोवाईलको टावर स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । मुना स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले मुदीको नाउराको भिरको धुरी, गुर्जाको देउराली र मराङको बान्तुङ धुरीमा टावर स्थापनाका लागि नेपाल टेलिकमसंग माग […]

बहाब घटेसँगै कालीगण्डकीमा जलत्राया शुरु

पर्वत, असोज ११ गते । नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि ¥याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि शुरु गरिएको हो । सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म जलयात्रा सञ्चालन गर्दै आएकामा यसपटक एक साता ढिलो गरी शुरु भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो सातादेखि जलयात्राका […]

‘अलि अलि तिम्रो मायाँ’ बजारमा

विकल्प न्यूज/बेनी म्याग्दी, असोज ११ । नेपाल आइडलका दोस्रो रनरअफ प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । दासको स्वर रहेको ‘अलि अलि तिम्रो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । यूवापुस्तामा लोकप्रिय रहेका दासले मायाँप्रेम संग सम्बन्धित गीतमा मनोज सुनुवारको शब्द तथा सँगीतमा संजिव बराईलीले गरेका छन् । ब्यवसायीक रुपमै म्यूजिक भिडियोमा अभियन […]

स्मार्ट कक्षाकोठा

घनश्याम खड्का /बेनी असोज १० गते ।जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा इन्टरनेट र कम्प्युटर प्रविधिमा आधारित कक्षाकोठा निर्माणको क्रमले तीव्रता पाएको छ । सदरमुकामको बेनी सामुदायिक विद्यालयका विद्यार्थीले कम्प्युटरको स्क्रिन पढ्ने र गुरुले स्मार्ट बोर्डमा स्क्रिन टच पेनले चलाउँदै पढाउने गरेको वर्ष दिन हुन लागेको छ । यसको सिको जिल्लाका अरू विद्यालयमा पनि भइरहेको छ । सामुदायिकमा मात्र होइन […]

बेनी – जोमसोम सडक ः ट्रयाक खुल्यो, जोखिम उस्तै

घनश्याम खड्का /बेनी असोज १० गते । बेनी-जोमसोम ७६ किलोमिटर सडकमा ‘ट्रयाक’ खोलेपछि सोमसार साँझदेखि पुन:यातायात सञ्चालन भएको छ । सडकको बेनी-घाँसा ४० किमी पहिरोग्रस्त खण्डका गलेश्वर, भीरकाटे, तातोपानी, गुईठे, रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीरमा झरेको पहिरोमा ‘ट्रयाक’ मात्र खुलेको हो । सडक पुरै पहिरोग्रस्त र अझै जोखिमयुक्त छ । सडकको दर्जनबढी स्थानमा पहिरो झर्ने र भासिने क्रम […]