म्याग्दी समाचार

हरियाली गु्रपद्धारा सामुहिक कृषि व्यवसायका लागि पूर्वाधार निर्माण सुरु

विकल्प न्यूज/बेनी पुस २१ गते । कम्पनी मोडेलमा सामुहिक कृषि व्यवसायको अवधारणा सहित स्थापना भएको हरियाली ग्रपले म्याग्दीमा कृषि फार्म सञ्चालन गर्न पूर्वाधार निर्माण सुरु गरेको छ । बेनी नगरपालिका ४ सिंगामा कुखुरापालनका लागि खोर र सुर्केमेलामा माछापालनका लागि पोखरी निर्माणको काम सुरु गरेको हो । कुखुरा, माछापालनको साथै अर्गानिक तरकारी खेती गर्नका लागि कम्पनीले […]

गण्डकी प्रदेशको नीति तथा योजना निर्माण गर्न बेनीमा सुझाव संकलन

साधन राम्जाली/विकल्प न्यूज पुस २० गते गण्डकी प्रदेश सरकारले नीति तथा योजना निर्माणका लागि जिल्ल्ला स्तरमा सुझाव संकलन सुरु गरेको छ । सुझाव संकलन अभियान अन्तर्गत शुक्रबार म्याग्दी आएको टोलीले सुझाव संकलन गरेको हो । सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको टोलीले म्याग्दीका सरोकारवाला निकायहरु सँग सुझाव संकलन गरेको छ । टोलीले प्रथम पञ्चवर्षीय योजना […]

सिञ्जालीद्धारा बरंजाको महेन्द्ररत्न माविलाई डेढ लाख सहयोग

विकल्प न्यूज/बेनी पुस २० गते ।    म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा रहेको महेन्द्ररत्न माविको ६० औ वार्षिकोत्सव बिहीबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विद्यालयका विद्यार्थी र अभिभावकहरुबीच खेलकुद प्रतियोगिता तथा समारोहको आयोजना गरेर दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मंगला गाउँपालिका ४ न्यूखोला घर भई हाल तातोपानी बस्नुहुने चन्द्रबहादुर सिञ्जालीले […]

भाडा समायोजनको माग

विकल्प न्यूज/बेनी पुस २० गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले सदरमुकाम बेनी देखि लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । अनेरास्ववीयुका सुवास विश्वकर्मा र अनेरास्वीयु क्रान्तिकारीका […]

रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

विकल्प न्यूज/बेनी पुस २० गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको तालिममा गाउँपालिकाका ८ वटै वटाका २९ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले ग्रामीण भेगमा […]

मालिकाका एक हजार ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण

विकल्प न्यूज/बेनी पुस १७ गते ।  म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजार जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना जेष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया […]

महिला उद्यमीहरुको अगुवाईमा बेनीमा माघेसंक्रान्ती मेलाको आयोजना हुने

विकल्प न्यूज/बेनी पुस १८ गते ।  म्याग्दीका महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका छन् । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा आगामी पुस ३० र माघ १ गते सदरमुकाम बेनीमा माघे […]

अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गरौं

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस १८ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अन्तर्राष्ट्रिय शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको बुधबार बेनीमा २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगतमा शिक्षा लिने र दिने सवालमा त्रुटिहरु भएको हुँदा अन्तर्राष्ट्रिय बजारमा […]

निर्माण व्यवसायी संघ म्याग्दीको विवाद सुल्झीयो

विकल्प न्यूज/बेनी पुस १७ गते । निर्माण ब्यवसायी संघ म्याग्दीको १० औ अधिवेशन तथा १८ साधारणसभा आगामी माघ ५ गते हुने भएको छ । दुइ पक्षमा विभाजित भएका व्यवसायीहरु मंगलबार एकै ठाउँमा भेला भएर अधिवेशनको मिती तोकेका हुन । आधिवेशनको मिति तोकेसँगै निर्माण व्यवसायी संघको विवाद सुल्टीएको छ । संघमा विवाद चुलिएपछि पुसको ३ गते […]

सुन्तला जोन सञ्चालक समिति गठन

विकल्प न्यूज/बेनी पुस १७ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत म्याग्दी, पर्वत र बाग्लुङका सात वटा स्थानीय तहलाई समेटेर स्थापना भएको सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)को मंगलबार बेनीमा सञ्चालक समिति गठन भएको छ । बेनपा ३ राखुका खिमबहादुर पुनको संयोजकत्वमा ९ सदस्यीय सञ्चालक समिति गठन भएको हो । परियोजनाको कार्यबिधि अनुसार समितिको […]

रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन

विकल्प न्यूज/बेनी पुस १७ गते । एक हप्तादेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम मङ्गलबार सम्पन्न भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न […]

गण्डकी प्रदेश स्तरीय छात्र भलिबलको उपाधी माउण्टलाई

साधन राम्जाली /विकल्प न्यूज पुस १७ गते ।  म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको गण्डकी प्रदेशस्तीय छात्र भलिबलको उपाधी बेनीको माउन्ट एभरेष्ट आवशीय माविले हात पारेको छ । म्याग्दी बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक सञ्चालन भएको गण्डकी प्रदेश स्तरी अन्तर क्याम्पस छात्र भलिबल प्रतियोगिताको उपाधी […]

गण्डकी प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी पुस १७ गते ।  म्याग्दीमा मंगलबार देखी छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । सात समुह सहभागी रहेको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा आयोजक म्याग्दी बहुमुखी क्याम्पस बी र न्यु वेस्ट प्वाईन्ट आवासिय मावि […]

नारच्याङमा अबैध क्रसर उद्योग चलाएर ब्रह्मालुट

विकल्प न्यूज/बेनी पुस १७ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा लामो समय देखी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटार स्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गर्ने गरिएको छ । नदी किनारमा जथाभावी रुपमा […]

पोखरेबगर–चित्रे सडक स्तरउन्नतीको काम तिव्र

विकल्प न्यूज/बेनी पुस १७ गते । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार हुँदै शिखको चित्रे सम्म साढे १८ किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्ने योजनाको निर्माण तिव्र पारिएको छ । निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले यतिखेर सडक फराकिलो बनाउने काम गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई म्याग्दीले करिब २८ करोड रुपियाँ लागतमा सडक कालोपत्रे […]