विकल्प न्यूज/बेनी
फागुन १२ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लामा “लङ रुट गस्ती” सुरु गरेको छ । प्रहरी नायब निरिक्षक (सई) को कमाण्ड माा रहने गरी ७ जनाको टोलीलाई ग्रामिण भेगमा परिचालन गरिएको हो ।
ग्रामिण भेगमा प्रहरीको पहुँच वृद्धि गरी आपराधजन्य गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको नव आगन्तुक प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।
अभियानले ग्रामिण भेगका नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । निश्चित स्थानलाई तोकेर परिचालन भएको प्रहरी पाँच दिनमा जिल्लामा फर्किने र फेरी अर्को टोली परिचालन हुने उहाँले बताउनुभयो । आइतवार देखि बेनी नगरपालिका ३ भकिम्लीबाट गस्ती सुरु गरिएको छ । नव आगन्तुक प्रनाउ मरासिनीले जिल्लाका पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रममा प्रहरी सँग विद्यार्थी कार्यक्रम पनि छिट्ै सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
प्रहरीले गर्ने क्रियाकलापका बारेमा जानकारी दिन र लागूपदार्थका वारेमा सचेतना वृद्धि गर्न कार्यक्रम गर्न लागिएको प्रनाउ मरासिनीले बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले जिल्लाको ग्रामिण भेगमा प्रहरीको उपस्थितिलाई बढाउन सुझाव दिएका छन् ।