भगवतीमा आयोडिन नुनको बारेमा जनचेतनामुलक कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ फागुन । आयोडिन नुनको प्रयोगको बारेमा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको मुक्तिधाम माविमा आइतबार सन्देशमुलक कार्यक्रम सम्पन्न भएको छ ।

साल्ट टे«डीङ कर्पोरेशन बागलुङको आयोजनामा आयोडिन नुनको महत्व, सुरक्षित प्रयोगको बिधीको बारेमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । सो अवसरमा २० जना विद्यार्थीहरुलाई आयोडिनयुक्त नुनको चिन्ह अंकित झोला वितरण गरिएको थियो ।

यसैगरी भगवती स्वास्थ्य चौकी मार्फत ६ जनालाई सपीङ झोला वितरण गरिएको थियो । वडा अध्यक्ष रिमबहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ल, साल्ट टे«डीङ कर्पोरेशन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठ, म्याग्दीका बिक्रेता मोतिलाल पौडेल र प्रअ अमर केसीले झोला वितरण गर्नुभएको थियो ।

कर्पोरेशनका प्रमुख श्रेष्ठले शरिरमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि दुई बालबालिकाको चित्र अंकित प्याकेटको नुन प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले मानिसलाई मात्र नभएर गाईबस्तुलाई पनि ढिके नुनको विकल्पमा आयोनुन खुवाउनुपर्ने बताउनुभयो ।

नुनको सुरक्षित भण्डारण र सहि तरिकाले प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा वडा अध्यक्ष रिम कटुवालले गलगाँड जस्ता स्वास्थ्य समस्या आउन नदिन र स्वाथ्यका लागि आयोडिनयुक्त नुनको प्रयोगमा जोड दिनुभयो ।

साल्ट टे«डीङ कर्पोरेशनले हरेक वर्षको फेब्रअरी महिनामा विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । सो कार्यक्रममा कर्पोरेशनका म्याग्दी स्थित डिलर मोतीलाल पौडेलले दुई जना जेहेन्दार विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा कापी र कलम सहयोग गर्नुभएको थियो ।