जेसीजद्धारा तातोपानी कुण्डमा पर्यटन प्रबद्र्धन बोर्ड स्थापना

विकल्प न्यूज/बेनी
फागुन १२ गते ।  म्याग्दी जेसीजले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डको प्रबद्र्धनका लागि जानकारी बोर्ड स्थापना गरेको छ ।

शनिबार तातोपानी कुण्डमा एक कार्यक्रमको आयोजना गरी बोर्ड स्थापना गरेको म्याग्दी जेसिजका अध्यक्ष खमथापा मगरले बताउनुभयो । तातोपानी कुण्डको थप प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले पर्यटन प्रबद्र्धन बोर्डको अनावरण गर्नुभएको थियो ।
कार्यक्रममा बेनी नगरपालिका ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले जेसीजको पर्यटन प्रबद्र्धन कार्यक्रमले तातोपानी कुण्डको प्रचार प्रसारमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो । युवाको व्यक्ति र नेतृत्व विकासमा जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरेको जेसीज अभियानलाई अझ गाउँ केन्द्रीत बनाउन उहाँले सुझाव दिनुभयो ।  तातोपानी कुण्ड व्यवथापन समितिका सचिव कृष्ण खड्का, बोर्ड सौजन्यकर्ता रोम बानियाँका आमा अमृत देवी बानियाँले तातोपानी कुण्डमा बोर्ड स्थापनाले यहाँको प्रचारप्रसारमा सहयोग मिल्ने बताउनुभयो ।
जेसीजलाई गाउँ केन्द्रीत गर्न र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन उक्त कार्यक्रमको आयोजना गरिएको जिसीज अध्यक्ष थापामगरले बताउनुभयो ।  सिनेटर रमेश कुमार श्रेष्ठ, संस्थापक अध्यक्ष म्याग्दी जेसीज, उत्तमकुमार कर्माचार्य अध्यक्ष म्याग्दी उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठ, पूर्व अध्यक्ष जेसी नारायणकुमार बराल, निवर्तमान अध्यक्ष अध्यक्ष जेसी इ. कमल विश्वकर्मा, महासचिव जेसी सन्दीप खत्री, कोषाध्यक्ष अर्जुन पौडेल, सह सचिव जेसी प्रेम सिर्पाली, साधारण तथा प्रस्तावित सदस्य, कुण्ड व्यवस्थापन समितिका पदाधिकारी, बोर्ड सौजन्यकर्ता रोम बानियाँका आमा अमृतदेवी बानियाँ गरी लगायतको उपस्थिति रहेको थियो ।

निबर्तमान अध्यक्ष कमल विश्वकर्माको स्वागत  उपाध्यक्ष जेसी सुमन बानियाँको सञ्चालन र शाखा अध्यक्ष थापामगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।