म्याग्दी समाचार

म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर

साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]

थर्पुमा विद्युत सर्ट हुँदा एक घर जलेर नस्ट

साधन राम्जाी मगर/ विकल्प न्युज बेनी   पौष २२ गते । म्याग्दीको मंगला गाउँपालिका –४ थर्पुको एक घरमा आगलागि हुँदा ठुलो भौतिक क्षती भएको छ । आइतबार दिउँसो विद्युत सर्ट हुँदा दुई थुर्प निवासी लाल बहादुर रोका मगरको पक्की दुईतले घर जलेर नस्ट भएको स्थानियलाई उद्धित गर्दै मंगला गाउँपालिकाका कृषि शाखा प्राविधिक जगत वानियाँले जानकारी दिनुभयो […]

मिर्गौला पीडित सुरेशलाई युकेबाट एक लाख सहयोग

विकल्प न्यूज/बेनी पुस २२ गते । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट १ लाख तीन हजार रुपियाँ सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदायबाट सो सहयोग संकलन भएको थियो । मल्कबाङ […]

शैक्षीक गुणस्तर बृद्धिका लागि रघुगंगामा ४ दिने छलफल सुरु

साधन राम्जाली / विकल्प न्यूज पुस २२ गते । रघुगंगा गाउँपालिकामा सामुदायिक विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई अनुशिक्षण दिन सुरु गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि तथा शैक्षिक सधार गर्न म्याग्दीको रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँंटमा आईतबार देखी अनुुशिक्षण कार्यक्रम सुरु भएको हो । गाउँपालिकाको शैक्षिक नियमावली निर्माण र सम्भावित शैक्षिक विषयबस्तु […]

नवमालिका सहकारीको साधारणसभा सम्पन्न

बिकल्प न्युज/ बेनी पुस २२ गते   । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको नवमालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सहकारी संस्थाहरुले रोजगारि सिर्जना हुने उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । सहकारी ऐन अनुसार संस्था सञ्चालन गर्न पनि […]

तातोपानीमा ‘बाथ टव’ निर्माण

विकल्प न्यूज/बेनी पुस २२ गते । प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट […]

मोहनचोक–मल्लाज सडक ट्याक खुलेको दुई दशकपछि स्तरोन्नती सुरु

बिकल्प न्युज / बेनी पुस २२ गते । जलजला गाउँपालिका ४ मोहनचोक देखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक स्तारोन्नती सुरु भएको छ । बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नती गर्न लागिएको हो । ट्याक खुलेको बीस वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नती गर्न सुरु भएको छ । २०५५ मा विश्व […]

बगरफाँटमा आयोजित महायज्ञमा एकै दिन पन्ध्र लाख संकलन

बिकल्प न्युज/बेनी पुस २२ गते । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञको छैटौ दिन शनिबारसम्म ३१ लख ६२ हजार ९४६ रुपैयाँ सहयोग संकलन भएको छ । शुक्रबार पाँचौ दिनसम्म १६ लाख ९० हजार ३३३ रुपैयाँ संकलन भएको महायज्ञको छैटौ दिन शनिबार एकै दिन थप १५ लाख दुई हजार […]

व्यवसायी केसीद्धारा कालीपुलमा नाली मर्मत गरेर ढल व्यवस्थापन

बिकल्प न्युज बेनी पुस २२ गते । म्याग्दी प्रवेशद्धार बेनीको कालीपुल बसपार्कको सडक छेउको नाली एक व्यवसायीले व्यक्तिगत खर्चमा मर्मत गर्नुभएको छ । कालीपुलको केवी अटो पाट्र्स एण्ड मोटरसाईकल सर्भिस सेन्टरका सञ्चालक खेम केसीले सडकबाट बग्ने ढललाई नाली बनाएर व्यवस्थापन गर्नुभएको हो । दुई दिनसम्म चार जना मजदुर र चार घण्टा ब्याकुहोलोडर परिचालन गरेर करिब […]

म्याग्दी जेसीजको अध्यक्षमा खम थापा निर्वाचित

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दी जेसीज २०१९ को अध्यक्षमा बेनीका खम थापा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको २० औं वार्षीक साधारणसभा तथा शाखा अधिवेशनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा भरत रकाल,कार्यकारीणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ,सुजन बरुवाल,महासचिव सन्दीप खत्री,कोषाध्यक्ष अर्जुन पौडेल,शाखा सम्पादक भिमनाथ शर्मा,उपाध्यक्षहरुमा रमेश आचार्य,निर्मल खत्री र सुमन […]

मिस एण्ड मोडल म्याग्दीको ताज छन्त्याललाई

विकल्प न्यूज/बेनी पुस २१ गते । मिस एण्ड मिस्टर मोडल म्याग्दी २०१८ को उपाधि हेना खड्का छन्त्यालले जितेकी छिन् । १५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस म्याग्दी मोडलको उपाधि बेनी नगरपालिका ८ क्याम्पसचोककी १४ वर्षीय छन्त्यालले जितेकी हुन ।  शनिवार बेनी स्थित कर्भड हलमा भएको ग्राण्ड फिनालेमा विभिन्न चरणहरु पार गर्दै छन्त्यालले मिस म्याग्दीको ताज पहिरिन सफल भएकी […]

निर्माण व्यवसायी संघ म्याग्दीमा फेरी किचलो !

विकल्प न्यूज/बेनी पुस २१ गते । निर्माण व्यवसायी संघ म्याग्दीको बिवादका कारण स्थगित भएको अधिवेशनको मिति तय भएपनि किचलो कायमै छ । संघको गत भदौ २६ गतेको बैठकले मंसिर १५ गते तय गरेको एघारौ अधिवेशन तथा १८ औ साधारणसभा पुष १७ गतेको भेलाले अधिवेशन आयोजक समिति गठन गरि माघ ५ गते अधिवेशनको मिति तय भएपनि […]

म्याग्दी मिस एण्ड मिस्टरको ग्राण्ड फिनाले सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २१ गते ।  म्याग्दीमा पहिलोपटक आयोजना गरिएको म्याग्दी मिस एण्ड मिस्टर म्याग्दी मोडेलको ग्राण्ड फिनाले सुरु भएको छ । किङस्टर क्रियसन प्रा.लिले प्रतियोगिता आयोजना गरेको हो ।  शनिवार विहान ११ बजे देखि कालिपुल स्थित कर्भड हलमा सुरु भएको फिनालेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।   १५ प्रतिस्पर्धीहरु रहेको प्रतियोगितामा […]

गाउँपालिका केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

विकल्प न्यूज/बेनी पुस २१ गते । म्याग्दीको रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । मौवाफाँटवासीमा स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको हो । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा आधारभुत प्राथमिक स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न स्थानीय आमा समुहद्धारा निर्मित भवनमा तत्कालको लागि स्वास्थ्य इकाइ सञ्चालनमा ल्याईएको वडा […]

बन्दुक देखाएर किमचौरमा लुटपाट गर्ने समुह प्रहरी नियन्त्रणमा

विकल्प न्यूज/बेनी म्याग्दी, २० पुस ।  म्याग्दी जिल्लाको मंगला गाउँपालिका –५ किमचौरमा बन्दुक देखाएर लुटपाटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । किमचौरकी ६३ बर्षिया बृद्धा लीलमती बुढाथोकीको घरमा एकनाले भरुवा बन्दुक देखाउँदै लुटपाटको प्रयास गर्ने मंगला गापा–३ बरंजा भाँक्रिपानी घर भई हाल बागलुङ ताराखोला बस्ने ५५ बर्षिय पुथलाल छन्त्याल, भाँक्रिपानीका ३३ बर्षिय टेकेन्द्र […]