दोहोरो कर हटाउन दरवाङका व्यवसायीहरुको माग

विकल्प न्यूज/बेनी
फागुन १६ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारका ब्यवसायीहरुले दोहोर कर हटाउन माग गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र गाउँपालिकालाई कर तिर्नुपर्दा मर्कामा परेको व्यवसायिहरुको गुनासो छ ।

दरवाङका व्यवसायीहरुले गाउँपालिकाकाले लिने गरेको व्यवसाय कर हटाउन माग गर्दै अध्यक्ष श्रीप्रसाद रोकालाई मंगलबार हस्ताक्षर संकलन गरेर बुझाएका छन् ।

छवी विश्वकर्माको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिले कर छुटको माग गर्दै बजार क्षेत्रका व्यवसायीहरुको हस्ताक्षर संकलन गरेर अध्यक्ष रोकालाई बुझाएको जनाएको छ ।