२५ मेगावाटको दरवाङ म्याग्दी खोलामा लगानीको अवसर

विकल्प न्यूज/बेनी
फागुन १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ– म्याग्दीखोला जलविद्युत आयोजनामा म्याग्देलीलाई लगानीमा प्राथमिकता दिने गरी बेनीमा लगानी र अवसर सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको केही महिना अगाडी महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले मालिका गापा–६ दुखुबेशी बलौटेमा निर्माणधिन अवस्थामा रहेको पावरहाउस र कर्मचारी आवासगृहको शिलन्यास गरेकी थिईन् ।

आयोजनाको जग्गा ब्यवस्थापन सहित निर्माणकार्यमा प्रवेश गरेको अवस्थामा आयोजनामा म्याग्देलीलाई सम्रग अवस्थाका बारेमा जानकारी गराउने गरी गरी शनिबार बेनीमा कार्यक्रम गर्न लागिएको हाईड्रोका अध्यक्ष विनोद कुँवरले बताए ।

‘हामीले निर्धारित समयमै आयोजना सम्पन्न गछौ,‘पश्चिम म्याग्दीसंगै सिंगो जिल्लाको विकासमा कोशेढुंगा सावित हुने भएकाले पनि लगानी गर्न अनुरोध गछौ’ कुँवरले भने । उनका अनुसार म्याग्दी जिल्लामा न्यूनतम १ लाखदेखि माथिको लगानीसंगै जिल्लाबासीबाट रचनात्मक सहयोगको अपेक्षा गरिएको बताए ।

उनले जिल्लाबासीकै सक्रियतामा सुरु भएको जलविद्युतले विदेशी लगानीलाई समेत आर्कषित गर्ने भएकाले पनि जलविद्युत आयोजनालाई आउँदो ४ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित आक्रमक रुपमा निर्माणकार्य सुरु गरिने बताए ।

शनिबार सदरमुकामा हुने कार्यक्रममा लगानीकर्तालाई अहिलेसम्मको प्रगतिका बारेमा समेत जानकारी गराउने बताइएको छ । आयोजनाले दरबाङमा समेत कार्यक्रम गरिसकेकको छ ।

आयोजना पक्षका अनुसार लगानीको समस्या नभएपनि जिल्लाबासीलाई जलविद्युतमा सानो लगानी गरेर राम्रो आम्दानीको वातावरण बनाउने रहेको प्रवन्ध निर्देशक ईन्जिनियर हर्कमान घर्तीमगरले बताए ।

कुल ५ अर्व १४ करोड लागतमा रहेको आयोजनामा संस्थागत पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिनेछ । आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्व ५० करोड ऋण लगानी गर्ने एकबर्ष अगाडी नै सम्झौता भएको थियो ।

आयोजामा दक्षिण कोरिया, हङकङ, यूके लगाएत विश्वका विभिन्न देशका साथै काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीको म्याग्दी ईन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रर्वधक रहेका छन् ।

पानीको वाहव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर हुनेछ । रन अफ द रिभर आयोजना दरबाङ देखी दुई किलोमिटर माथी म्याग्दी खोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाईपबाट हुदै मालिका र मंगला गाउँपालिकाको सिमानमा अवस्थित बलौटेमा रहने पावर हाउसमा झारी विद्युत उत्पादन गरिने छ ।

विद्युत खरिद सम्झौता (पिपिए) मा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति यूनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति यूनिट ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ। परियोजनाको उत्पादित विद्युत १४ किलोमिटर लामो १३२ के.भि ट्रान्समिटर लाईन हुदै डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।