ताजा समाचार:
Search

म्याग्दी समाचार

टिकटकमा चर्चा कमाउदै प्रकाश दुतराजको गीत ‘रेशम’

विकल्प न्यूज/बेनीअसोज २९ गते । म्याग्दी जन्मथलो भएका लोकप्रिय गायक प्रकाश दुतराजको गीत ‘रेशम’ले यतिखेर टिकटकमा निकै चर्चा पाएको छ । प्रयोगकर्ताहरुले गीतका विभिन्न टुक्काहरुमा टिकटक बनाइरहेका छन् । यो गीतमा थुप्रैले टिकटक र फेसबुक रिल्स भिडिओ बनाएका छन् । त्योसँगै युट्युबमा गएर गीत हेर्ने र सुन्नेहरू बढेका छन् । जसका कारण गीतको युट्युब भ्युज […]

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

२७ असोज, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय […]

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

गलेश्वर (म्याग्दी), असोज २७  गते ।  म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर […]

राखुकोभगवती कोतमा राँगो मार हान्न ४ लाख ७१ हजार बोलकबोल

विकल्प न्यूज\बेनीअसोज २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न ९काट्न० चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । विहिवार राती भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी तीनजनाको […]

आयो दशैं

विकल्प न्यूज/बेनीअसोज २४ गते । दशैं नेपालीहरुको महानपर्व हो । यसपाली पनि दशैं घरआँगनमा आइसकेको छ । दशैं पर्वमा नौ रातसम्म दुर्गा भगवतीको उपासना हुने भएकाले यसलाई नवरात्र भन्ने गरिएको हो । नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन विसर्जन गरी मान्यजनका हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउने धार्मिक परम्परा छ । यसो […]

बेनीको कोट मन्दिरमा फुलपाती भित्र्याइँयो

ठाकुरप्रसाद आचार्यम्याग्दी,असोज २४ गते । बडादसैंको सातौ दिन बिहिबार फुलपातीका अवसरमा म्याग्दीका कोतघरहरुमा फुलपाती भिœयाइएको छ । बाजागाजा सहित हर्षउल्लासपूर्ण तरिकाले दसैं घरहरुमा फुलपाती भित्र्याइँएको हो । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गे स्थित शत्रुभञ्याङ गुल्मबाट ल्याइएको फुलपाती नौमती बाजा,नेवारी समुदायको मौलिक धिमे बाजा सहित बजार परिक्रमा गरेर बेनीको कोट […]

धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

असोज २२ गते ।  म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो ।  पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय […]

धाइरिङ–पोखरा सम्पर्क समाजको दशैं शुभकामना आदानप्रदान कार्यक्रम

विकल्प न्यूज\पोखराअसोज २० गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङबाट पेशा, व्यावसाय र रोजगारीका लागि पोखरामा पुगेर कर्मथलो बनाउनुभएका धाइरिङवासीहरुको संस्था धाइरिङ–पोखरा सम्पर्क समाजले दशैं,तिहार,नेपाल सम्बत र छड पर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान तथा सांगेतिक कार्यक्रमको आयोजना गरेको छ । शनिबार पोखराको साइमन पार्टी प्यालेसमा आयोजित कार्यक्रमका सहभागिहरुबीच शुभकामना आदानप्रदान गरियो । Add पोखरामा […]

मुक्तिनाथ सहकारीको लगानी ३९ करोड

विकल्प न्यूज\बेनीअसोज १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३९ करोड भन्दा बढी ऋण लगानी गरेको छ । बिहिबार बेनीमा सम्पन्न भएको सहकारीको १७ औं वार्षिक साधारणसभामा सहकारीले गत आर्थिक वर्षमा ३९ करोड १४ लाख ९२ हजार नौसय ४८ रुपियाँ लगानी गरेको जानकारी गराइएको थियो […]

पर्यटक आकर्षित गर्न ढोलठान दरबारमा राष्ट्रिय झण्डा

विकल्प न्यूज/बेनीअसोज १८ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठान दरबारमा राष्ट्रिय झण्डा फहराइएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्न आउने पर्यटकलाई आर्कषित गर्न झण्डा तोलन गरिएको हो । बुधबार बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति […]

कालरात्रीमा बेनी कोटमा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै

विकल्प न्यूज/बेनीअसोज १८ गते । नेवार युवाहरुको संस्था ल्याम्ह पुचःले कालरात्रीका दिन बेनी कोटमा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बेनी नगरपालिका ८ स्थित एतिहासिक बेनी कोट मन्दिरको महिमा बढाउन विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल भाषाः मंका खल ः अन्तर्गत रहेको सो संस्थाले महान् पर्व विजयादशमीको आठौं दिन कालरात्रीको अवसरमा बेनीको कोट […]

मालिका गाउँपालिकामा नौसय जनाको निशुल्क स्वास्थ्य बिमा

ठाकुरप्रसाद आचार्यअसोज १७ गते । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्षदेखि लोककल्याणकारी नीतिलाई अघि सारेको छ । गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमामा समावेश गर्ने नीति गत असारमा सम्पन्न भएको गाउँसभाबाट पारित गरेको थियो ।चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा समावेश भएको बिमा कार्यक्रम कार्यान्वयन सुरु भएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले […]

बेनीमा प्रथम नगर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

विकल्प न्यूज\बेनीअसोज ११ गते । म्याग्दीको बेनी नगरपालिकामा प्रथम नगर कप ब्याडमिन्टन’ प्रतियोगिताको शुक्रबार उद्घाटन भएको छ। बेनीनगरपालिका ब्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय खुल्ला, जिल्लास्तरीय सी लेभल र डी लेभल जिल्ला खेलकुद विकास समितिको कर्बड हलमा सुरू भएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उद्घाटन गरे । ब्याडमिन्टन खेलको विकास तथा विस्तार र […]

बेनीमा २२ औं संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने

विकल्प न्यूज/बेनीअसोज ११ गते । म्याग्दीमा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी मंसिर १७ देखि २२ गतेसम्म हुने भएको छ । “खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन हुने छ । म्याग्दी जेसीजको तेस्रो साधारण सभाबाट […]

म्याग्दीको पदमार्ग योजना अधूरा

म्याग्दी, ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा बिनियोजन गरेको बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहयोगमा नारच्याङवेशीदेखि झरनातर्फ जाने एक सय ५० मिटर पदमार्ग निर्माण भएको थियो । पछिल्लो दुई आर्थिक वर्षमा […]