बेनीमा प्रथम नगर कप ब्याडमिन्टन प्रतियोगिता सुरु


विकल्प न्यूज\बेनी
असोज ११ गते ।

म्याग्दीको बेनी नगरपालिकामा प्रथम नगर कप ब्याडमिन्टन’ प्रतियोगिताको शुक्रबार उद्घाटन भएको छ। बेनीनगरपालिका ब्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय खुल्ला, जिल्लास्तरीय सी लेभल र डी लेभल जिल्ला खेलकुद विकास समितिको कर्बड हलमा सुरू भएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उद्घाटन गरे ।


ब्याडमिन्टन खेलको विकास तथा विस्तार र नयाँ प्रतिभाशाली खेलाडी उत्पादनमा जिल्लाको सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म नियमित भइरहेका प्रतियोगिता र खेल अभ्यासबाट उत्साहित भएको बताउँदै आगामी दिनमा खेलकुदमार्फत म्याग्दी पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुगेको बताइएको थियो ।

Add

उद्घाटनमा बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्की, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राई , बेनी नगरपालिका नगरप्रहरी प्रमुख शंकर पौडेल लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताको गण्डकी प्रदेश खुलातर्फ प्रथम ४० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार र तृतीय १५ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ।

यस्तै सी लेभलतर्फ प्रथम पुरस्कार २० हजार रुपैयाँ, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ र तृतीय पुरस्कार १०हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने डी लेभल तर्फ २० हजार रुपैयाँ, द्वितीय पुरस्कार १० हजार रुपैयाँ र तृतीय पुरस्कार ८ हजार रुपैयाँ रहेको बेनीनगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले जानकारी दिए ।

प्र्रतियोगितामा तीनवटै विधाका खेलमा ९२ जना खेलाडीले प्रतिष्पर्धा गरेका छन्। प्रतियोगिताको उद्घाटनको अध्यक्षता संघका अध्यक्ष सज्जन शाक्यले प्रथम नगर कप ब्याडमिन्टन प्रतियोगिताका लागि आर्थिक भौतिक र नैतिक सहयोग गर्नेलाई धन्यवाद दिदैं आगामी दिनमा प्रतियोगितालाई थप ब्यवस्थित बनाउन निरन्तर सक्रिय हुने बताए । उद्घाठज सत्रको प्रतियोगिताका सचिवालय ब्यवस्थापक सचिन शाक्यले सञ्चालन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *