आयो दशैं


विकल्प न्यूज/बेनी
असोज २४ गते ।


दशैं नेपालीहरुको महानपर्व हो । यसपाली पनि दशैं घरआँगनमा आइसकेको छ । दशैं पर्वमा नौ रातसम्म दुर्गा भगवतीको उपासना हुने भएकाले यसलाई नवरात्र भन्ने गरिएको हो । नौ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन विसर्जन गरी मान्यजनका हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउने धार्मिक परम्परा छ । यसो गर्नाले संकट निवारण भई आयु र आरोग्य वृद्धि हुन्छ भन्ने विश्वास छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्नका लागि मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र


दशैं नजिकिएसँगै स्थानीय तहहरुले सडक मर्मतसम्भार गरेर आवतजावतलाई सहज पारेका छन् भने स्थानीयवासीहरुले टोलछिमेकमा सरसफाई गर्न थालेका छन् । किनमेलका लागि बजार झरेकाहरुका कारण बजारमा आर्थिक कारोबार वृद्धि भएको छ । बजारका पसलहरुमा भिडभाड बढेको छ । दशैंमा एकजोडा नयाँ कपडा लगाउने र मिठो खाने नेपालीहरुको परम्परा छ ।


दशैंले नेपालीपन र परम्परालाई जोड्ने काम गरेको छ । दशैंले नेपालीहरुका बिच एकताको सन्देश पनि प्रवाह गरेको हुन्छ । दशैंले पारिवारिक मिलन पनि बनाउँछ । विदेश पुगेकाहरु दशैंमा घरफर्किन्छन् । दशैंमा त जसरी पनि घर जानुपर्दछ भन्ने मान्यता हाम्रो समाजमा छ । यसपटक पनि दशैं आइसकेको छ । दशैंको किनमेलले बजार भरिभराउ भएको छ ।


दशैं मनाउन गाउँफर्किनेको भिड लाग्न थालेको छ । वर्षौ देखि विदेशमा भएका आफन्त घर फर्किन दशैं पर्खिरहेका हुन्छ्न । त्यसलैले दशैंमा शक्ति छ र खुसी पनि । यसले मानिसको मुहारमा खुसी ल्याउँछ । दशैं सुरु भएसँगै गाउँघर र सहरबजारमा चहलपहल बढेको छ । दशैंमा एकजोडा राम्रो कपडा लगाउने र एकछाक भएपनि मिठो खाने रहर सवैको हुन्छ । त्यसैले भन्ने गरिन्छ दशैंले सवैको मन मनमा खुसी ल्याउँछ ।


दसैँको सुरुको नौ दिन अर्थात् नवरात्रभर विभिन्न मठ–मन्दिरमा मात्रै नभएर घर घरमा पनि गरिने पाठ पूजाले अझै यसको धार्मिक महत्वलाई उजागर गरेको छ । दशैं सामाजिक र सांस्कृति पर्वका रुपमा नेपालीहरुले मनाउने गर्दछन् । घर छोडेर पढाइ र कामका लागि बाहिर गएकाहरू घर फर्कने, घर सिँगारपटार गर्ने, अष्टमी–नवमीमा नजिकको मन्दिर र कोटमा पूजा गर्ने, बलि चढाउने, आफूभन्दा ठुलाबाट टीका र आशीर्वाद लिने तथा सानालाई लगाइदिने आदि दसैँको अभिन्न अंगका रूपमा रहिआएका हाम्रा परम्पराहरु हुन ।


नयाँ र राम्रो लुगा लगाउने, जसरी पनि घर फर्किएर ठुलासँग टीका र आशीर्वाद लिने मात्र होइन आफ्ना नातेदार, छिमेकी, साथीसँग भेटघाट र शुभकामना आदानप्रदान गर्ने पक्ष हेर्दा दशैंमा सामाजिक र सांस्कृतिक पक्षको राम्रोसँग सम्मिश्रण भएको पाइन्छ । सानातिना मतभेद भए पनि दशैंका अवसरमा शुभकामना, सम्मान र आशीर्वाद लिन र दिन हाम्रो राम्रो प्रचलन छ ।


दसैँ मनाउन गाउँघरमा फर्कने, एक ठाउँमा भेला हुने, बलि चढाउने, टीका लगाउनेलगायत निश्चित संस्कार र परम्पराको वार्षिक पुनरावृत्ति गर्ने प्रचलनले अझै जीवित छ । रोजगारदाताले दशैं खर्चस्वरूप एक महिनाको थप तलब दिने, दशैंका लागि सरकारलगायत धेरै रोजगारदाताले बिदा दिने, मानिसले दशैका लागि भनेर केही महिनाअघिदेखि नै विभिन्न किसिमका तयारी गर्ने आदि दशैंसँग जोडिएका राम्रा कुराहरु हुन । दशैंका राम्रा पक्षहरुका साथै केही नराम्रा पक्षहरु पनि विकसित भएका छन् ।


दशैंका नाममा फजुल खर्च गर्ने,खानपानमा ध्यान नदिने, जुवातास खेल्ने लगायतका विकृतिहरु पनि छन् । दशैं पर्वको मौलिकताको संरक्षण गर्नु हामी सवैको दायित्व हो । हामीले हाम्रो संस्कृतिको संरक्षण गर्न सकेनौ भने हाम्रो पहिचान मेटिन्छ । पछिल्ला केही वर्ष यता दशैं मनाउने प्रचलनमा भिन्नता आउन थालेको छ । पछिल्ला केही दशकलाई मात्रै हेर्ने हो भने पनि दशैं मनाउने तरिका, दशैं विभिन्न पक्षमा विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ ।


दशैंका नाममा धेरै खर्च गर्ने चलन बढ्दो देखिन्छ । नसकी नसकी खर्च बढी गर्ने चलन बढेको छ । दशैं लगायतका हाम्रा चाडपर्व मनाउँदा देखासिकीभन्दा पनि आफ्नो क्षमतालाई ध्यान दिँदै बोझ नहुने गरी मनाउँदा नै वास्तवमा यस्ता चाडको महत्व अझ बढ्दै जान्छ । दशैं सामाजिक सद्भाव, सामाजिक अन्तरसम्बन्ध र अन्तरक्रिया बढाउने एक महत्वपूर्ण सांस्कृतिक चाड रहिआएको छ । त्यसैले दशैंलाई सभ्य तवरले मनाउने गरौं । दशैंका नाममा विकृति र विसंगतीहरु भिœयाउने काम कसैले नगरौं । दशैंको मौलिकताको संरक्षण गरौं । दशैं पर्व भव्य र सभ्यतवरले मनाऔं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *