बेनीको कोट मन्दिरमा फुलपाती भित्र्याइँयो


ठाकुरप्रसाद आचार्य
म्याग्दी,असोज २४ गते ।

बडादसैंको सातौ दिन बिहिबार फुलपातीका अवसरमा म्याग्दीका कोतघरहरुमा फुलपाती भिœयाइएको छ । बाजागाजा सहित हर्षउल्लासपूर्ण तरिकाले दसैं घरहरुमा फुलपाती भित्र्याइँएको हो ।


बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गे स्थित शत्रुभञ्याङ गुल्मबाट ल्याइएको फुलपाती नौमती बाजा,नेवारी समुदायको मौलिक धिमे बाजा सहित बजार परिक्रमा गरेर बेनीको कोट मन्दिरमा भित्र्याइँएको हो ।


संगमचोकमा हिन्दुधर्म संस्कृति र परम्परा अनुसार पुजाआजा गरी बोकाको बली दिनुका साथै नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीले सलामी अर्पण गरेर पूजा गरिएको बेनी कोटभण्डार व्यवस्थापन समितिले जनाएको छ । संगमचोकमा पूजा गरी कोट मन्दिरमा फुलपाती भित्र्याइँएको हो थियो ।


कोट मन्दिरबाट शुरु भएको पञ्चे बाजासहितको ¥यालीले बेनीबजारको परिक्रमा गरी संगमचोकमा पुजा गरेर कोटमा फुलपाती प्रवेश गराइएको बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।


कार्यक्रममा संविधानसभा सदस्य रशेमबहादुर बानियाँ,बेनी नगरपालिकाका प्रमुख सुरत केसी,वडा नम्बर ७ का पूर्व वडाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाली सेनाको शत्रुभञ्याङ गुल्मका प्रतिनिधि र नेपाल भाषा मंकाःखलःका पदाधिकारी र सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।


यसैगरी बिहिबार नै म्याग्दी जिल्लाका विभिन्न गाउँगाउँमा रहेका कोट मन्दिरहरुमा पनि फुलपाती भिœयाइएको छ । बेनी नगरपालिका अन्तर्गत घतान कोट, पुलाचौर कोट, चिप्लेटीको निशानकोट, गाजनेको डढेकोट, ज्यामरुककोट तथा, भगवती कोट,राँखु भगवती कोट, ताकमको ताकम कोट लगायतका दुर्गा भगवतीको मन्दिरहरुमा धार्मिक विधि अनुसार पुजाअर्चना गरी फुलपाती भिœयाइएको स्थानीयवासीले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *