धाइरिङ–पोखरा सम्पर्क समाजको दशैं शुभकामना आदानप्रदान कार्यक्रम


विकल्प न्यूज\पोखरा
असोज २० गते ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङबाट पेशा, व्यावसाय र रोजगारीका लागि पोखरामा पुगेर कर्मथलो बनाउनुभएका धाइरिङवासीहरुको संस्था धाइरिङ–पोखरा सम्पर्क समाजले दशैं,तिहार,नेपाल सम्बत र छड पर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान तथा सांगेतिक कार्यक्रमको आयोजना गरेको छ । शनिबार पोखराको साइमन पार्टी प्यालेसमा आयोजित कार्यक्रमका सहभागिहरुबीच शुभकामना आदानप्रदान गरियो ।

Add

पोखरामा कर्मथलो बनाएर बसोबास गर्नुभएका धाइरिङवास्ीहरुको भावनात्मक एकता कायम गर्ने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यामनाथ शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक तथा लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका सचिव रामजी पौडेल,कलाहरुहरु अमित गौतम,निरज गुरुङ र खड्क बहादुरले सांगेतिक प्रस्तुती दिनुभएको थियो ।

सो कार्यक्रममा विन्ध्यावासिनी सस्कृति क्याम्पसका प्राध्यापक डा. भानुभक्त आचार्यले सम्पूर्ण धाइरिङको परिवेश र परिकल्पनालाई कवितात्मक रुपमा प्रस्तुत गर्दै चाडपर्वको महत्वलाई प्रकाश पार्नुभएको थियो । उहाँले नेपाली हिन्दुहरुको मौलिक पहिचान र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । चाढपर्वहरुको मौलिकतालाई संरक्षण गर्दै महत्वलाई कायम राख्न सवै सचेत हुनुपर्नेमा उहाँको भनाई थियो । पछिल्लो समय चाढपर्वको सांस्कृतिक मौलिकता हराउन थालेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

९५ वर्षीय ज्येष्ठ नागरिक डम्मी आचार्यको प्रमुख आतिथ्यता,समाजका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सहसचिव शान्ति गिरी र समाजका सचिव दुर्गा दत्ता सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०७६ सालमा स्थापना भएको समाजमा दुईसय भन्दा बढी आवद्ध भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *