मुक्तिनाथ सहकारीको लगानी ३९ करोड


विकल्प न्यूज\बेनी
असोज १८ गते ।


म्याग्दीको सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०÷०८१ मा ३९ करोड भन्दा बढी ऋण लगानी गरेको छ ।


बिहिबार बेनीमा सम्पन्न भएको सहकारीको १७ औं वार्षिक साधारणसभामा सहकारीले गत आर्थिक वर्षमा ३९ करोड १४ लाख ९२ हजार नौसय ४८ रुपियाँ लगानी गरेको जानकारी गराइएको थियो । साथै सो आर्थिक वर्ष सम्म सहकारीले ३६ करोड एकलाख ८७ हजार सातसय १३ रुपियाँ बचत संकलन गरेको जनाएको छ ।


आर्थिक मन्दिका कारण देशभरका सहकारीमा आएको समस्याका कारण २०७९\८० को भन्दा ऋण लगानी र बचत संकलनमा कमि आएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । सहकारीमा प्रयाप्त मात्रामा तरलता भएकाले बचत फिर्ता गर्नका लागि सहकारलाई कुनै समस्या नभएको उहाँको भनाई थियो । सहकारी सदस्यहरुको विश्वास कायम राख्न सहकारी प्रतिवद्ध भएको उहाँको भनाई थियो ।


‘‘देशमा आएको आर्थिक मन्दीले हाम्रो सहकारीलाई पनि केही असर पु¥याएको छ । केही सहकारीका सञ्चालकहरुको बदमासीका कारण उत्पन्न समस्याले सहकारीको ऋण तिर्न पर्देन,सहकारी विग्रीदै छन् भन्ने जस्ता भ्रमहरु छरेर सहकारी आन्दोलनलाई कमजोर बनाउने काम भएको छ,’’ अध्यक्ष गौतमले भन्नुभयो, ‘‘हामीले सहकारीको विश्वास कायम राख्न विगतमा भन्दा अझ परिस्कृत ढङ्गबाट सहकारी सञ्चालन गर्ने छौं ।’’


साधारणसभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले विगतमा मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । मुलुकमा आएको आर्थिक मन्दी र केही सहकारी सञ्चालकहरुको बदमासीका कारण अहिले सहकारी क्षेत्रमा समस्या आएको उहाँको भनाई थियो । सर्वसाधरणहरुले सहकारीमा जम्मा गरेको निक्षेपलाई सहकारी संचालकहरुले आफनो व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका कारण सहकारीमा समस्या आएको उहाँले बताउनुभयो ।


सरकारले अहिले सहकारीमा देखिएका समस्याहरुलाई समाधान गरी सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उहाँको विचार थियो । सहकारीमा भएको लाखौं सर्वसाधरणहरुको बचतको सुरक्षा र सहकारीबाट प्रवाह भएको ऋण असुलीमा राज्यले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । चारसय ७० जना शेयर सदस्य रहेको सहकारीको कुल शेयर पुँजी ८ करोड ५२ लाख ४२ हजार रहेको छ ।


गत आर्थिक वर्षमा सहकारीले पाँच करोड ७९ लाख असी हजार चारसय ८ रुपियाँ आम्दानी र पाँचकरोड ५८ लाख २१ हजार ६ सय ४४ रुपियाँ खर्च भएको कोषाध्यक्ष चिरञ्जीवि बोगटीले साधारणसभामा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार सहकारीले कर्जा जोखिम कोषमा ५ लाख रुपियाँ जम्मा गरी १६ लाख ५८ हजार सातसय ६४ रुपियाँ बचत रहेको छ ।


सधारणसभामा सहकारीले उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य,पत्रकार र कर्मचारीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको थियो । साधारणसभामा बेनी नगरपालिका सहकारी शाखा प्रमुख प्रभा शर्मा,सहकारीका पूर्व अध्यक्ष शेरबहादुर केसी,शेयर सदस्य दुर्गाराम शर्मा,बेलबहादुर चोखाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


अध्यक्ष गौतमले संस्थाको आगमी योजना सहितको बार्षिक प्रतिवेदन,सचिव कृष्णप्रसाद बरुवालले,प्रगती, कोषाध्यक्ष चिरञ्जीवी बोगटी आर्थिक र लेखा समिति संयोजक नारायणप्रसाद सुवेदीले लेखाप्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


२०६५ सालमा स्थापना भएको सहकारीले बेनीमा रहेको न्यू निलगिरि बचत तथा ऋण सहकारी संस्था र घतानमा रहेको घतान ग्रामिण सहकारी संस्थालाई गाभेर ४ सय ७० जना शेयर सदस्यहरु पु¥याएको छ । सचिव बरुवालले सञ्चालन गरेको साधारणसभामा उपाध्यक्ष दण्डपाणी सापकोटाले स्वागत गर्नुभएको थियो । बन्द शत्रले सभामा प्रस्तुत भएका प्रतिवेदनहरु पारित भएको सहकारीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *