टिकटकमा चर्चा कमाउदै प्रकाश दुतराजको गीत ‘रेशम’

विकल्प न्यूज/बेनी
असोज २९ गते ।

म्याग्दी जन्मथलो भएका लोकप्रिय गायक प्रकाश दुतराजको गीत ‘रेशम’ले यतिखेर टिकटकमा निकै चर्चा पाएको छ । प्रयोगकर्ताहरुले गीतका विभिन्न टुक्काहरुमा टिकटक बनाइरहेका छन् । यो गीतमा थुप्रैले टिकटक र फेसबुक रिल्स भिडिओ बनाएका छन् । त्योसँगै युट्युबमा गएर गीत हेर्ने र सुन्नेहरू बढेका छन् । जसका कारण गीतको युट्युब भ्युज निरन्तर बढिरहेको छ ।
प्रकाश दुतराजले दसैंको अवसर पारेर अघिल्लो सोमबार गीत सार्वजनिक गरेका थिए । गीत रिलिजसँगै यसले चर्चा पाउँदै गएको हो। मंगलबार बिहानसम्म यसको भिडिओलाई युट्युबमा ३७ लाखपटक हेरिएको छ ।


प्रकाश र मेलिना राईको युगल स्वर रहेको यो गीत सुमधुर सुनिन्छ । यो प्रेम गीतको शब्द र संगीत पनि दुतराजकै हो । भेडा गोठालाको प्रेमकथालाई चित्रण गरिएको र लेकमा खिचिएको यसको भिडिओलाई पनि दर्शकले रूचाएका छन् ।
भिडिओमा दुतराजसँगै विमला लिम्बुको अभिनय छ। निर्देशन र कोरियोग्राफी मौसम हिमालीको हो ।


भिडिओमा अनिल मानन्धरको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ । प्रकाशको यसअघि ’रिमै’ गीतलाई पनि स्रोता दर्शकले रूचाएका थिए । त्यसअघिका ’चोली मैलै भो, घर कता हो बैनीको, जाम भो माइली, जुन माया’ इत्यादी गीतहरू पनि रूचाइएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *