म्याग्दी समाचार

गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण भएपछि जलजलामा सेवा स्थगन

विकल्प न्यूज/बेनी माघ ११ गते । पर्वतको जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह हुने अत्यवश्यक सेवा वाहेकका अन्य सेवाहरु बन्द गरिएको छ । वडा तथा पालिका कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि बुधबार(भोली) देखि १७ गते (सोमबार सम्म) अत्यवश्यक सेवा वाहेकका अन्य सेवाहरु स्थगन गरिएको पालिकाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

ताकम माविले विनाकारण शिक्षकलाई हटाएको भन्दै बिरोध

विकल्प न्युज/ बेनी माघ १० गते ।   म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक शिक्षक निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुबेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठनले विज्ञप्ती निकालेका छन् । धौलागिरी […]

रत्नेचौर–कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण तिव्र

विकल्प न्यूज/बेनी माघ १० गते । बेनी नगरपालिका १ रत्नेचौर देखि बागलुङ नगरपालिका – ४ कुँडुले जोड्ने झोलुङ्गे पुलको निर्माण तिव्र पारिएको छ । गत मंसिरबाट पुल निर्माण थालिएको थियो । तोकीएको समय भन्दा अगावै निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाको पहलमा दुई जिल्ला जोड्ने ३ सय […]

म्याग्दीमा थपिए ४९ जना काेराेना संक्रमित

विकल्प न्युज/बेनी माघ १० गते । साेमबार म्याग्दीमा थप ४९ जना काेराेना संक्रमित थपिएका छन् ।  

महामारीमा अग्रपङ्तीमा खटिएका एम्बुलेन्स चालकलाई कोरोना पुष्टी

विकल्प न्यूज \ बेनी माघ ८ गते । कोभिडको पहिलो र दोस्रो लहरका विरामीहरुको सेवामा निरन्तर जुटेका म्याग्दीका दुई जना एम्बुलेन्स चालकलाई तेस्रो लहरले भने छाडेन । कोभिड महामारीका समयमा न भोक न तिर्खा नभनी सेवामा खटिएका बेनी अस्पतालका एम्बुलेन्स चालक द्धाय गोपी गौतम र केशर शेरपुञ्जालाई पनि शनिबार कोरोना पुष्टि भएको हो । कोरोना […]

म्याग्दी जेसिजमा पदभार ग्रहण

बेनी, ९ माघ ।  म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार  ग्रहण गरेका हुन् । कार्यक्रममा २०२१ का अध्यक्ष विरेन्द्र श्रेष्ठले २०२२ को अध्यक्षमा निर्वाचित सन्दिप खत्रीलाई जेसिज […]

धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

गलकोट, माघ ९ गते ।   धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ । अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको […]

क्यान्सर पीडित बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनको सहयोग

विकल्प न्यूज\बेनी माघ ७ गते । आन्द्राको क्यान्सर रोगबाट ग्रसित बेनी नगरपालीका–२,बगरफाँट निबासी बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । बिगत ८ महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको अवस्थामा उपचार लम्बिएपछि आर्थिक अभाव भएको समाचार बेनीअनलाइन लगायतका संचारमाध्यममा प्रकाशित भएपछि फाउण्डेशनले नगद १० हजार सहयोग गरेको हो । फाउण्डेशनका अध्यक्ष […]

म्याग्दी उद्योग बाणिज्य संघको २८ औं साधारणसभा सुरु

विकल्प न्यूज/बेनी माघ ७ गते ।  निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । शनिबार संघको सभाहलमा जुम मार्फत सुरु भएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले उदघाटन गर्नुभयो । संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत […]

म्याग्दीमा संक्रमण बढ्दो – सक्रिय संक्रमित एकसय ४० पुगे

विकल्प न्यूज\बेनी माघ ७ गते ।  कोरोनाको तेस्रो लहर सुरु भएसँगै म्याग्दीमा पनि कोरोना संक्रमितको संख्यामा बढ्दो छ । दैनिक रुपमा संक्रमित थपिदै गएका छन् । विहिवार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय चालिस […]

२४ घण्टामा १० हजार ५२ संक्रमित थपिए : चार जनाको मृत्यु

काठमाडौं, माघ ६ गते ।   पछिल्लो २४ घण्टामा १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा आधामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ६ हजार चार सय ९० जनाको एन्टीजेन परीक्षण गर्दा २२ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । […]

बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द हुने

विकल्प न्यूज\बेनी माघ ६ गते । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर(दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय गरेको […]

म्याग्दीमा आज ४४ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज\बेनी माघ ६ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट २२ र पिसिआर परिक्षणबाट २२ गरी ४४ जना कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा […]

म्याग्दीमा कोरोना संक्रमण बढेसँगै मापदण्ड कार्यन्वयनमा कडाई

विकल्प न्यूज\बेनी माघ ५ गते   कोरोना भाइरसको तेस्रो लहर सँगै जिल्लामा संक्रमणको दरमा वृद्धि हुनथालेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरेको छ । कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले बुधवार ८ बुँदे निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार जिल्लाभरका विद्यालयहरु १० दिनका लागि बन्द गर्ने धार्मिक स्थल र तातोपानीका […]

रघुगंगाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना ः अत्यावश्यक बाहेकका सेवा बन्द

विकल्प न्यूज\बेनी माघ ५ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । […]