विकल्प न्यूज/बेनी
माघ ११ गते । पर्वतको जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह हुने अत्यवश्यक सेवा वाहेकका अन्य सेवाहरु बन्द गरिएको छ । वडा तथा पालिका कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि बुधबार(भोली) देखि १७ गते (सोमबार सम्म) अत्यवश्यक सेवा वाहेकका अन्य सेवाहरु स्थगन गरिएको पालिकाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।