म्याग्दी समाचार

बेनीको पुल छेवैमा अतिक्रमित सार्वजनिक जग्गाको छानविन गर्दै अख्तियार

विकल्प न्यूज/बेनी माघ १८ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले बेनी नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण भएको उजुरीका आधारमा छानविन थालेको छ । बेनी नगरपालिका २ स्थित बेनी – बागलुङ जाने पक्की पुल छेवैमा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाएको उजुरीका आधार अख्तियारले अनुशन्धान तथा छानविन थालेको हो । पुल नजिक […]

सिंगामा एक करोड ८० लाख लगानीमा सामुहिक बाख्रा फार्म (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ १७ गते ।   यहाँका तिन युवा मिलेर सामुहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका ४ सिंगामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामुहिक रुपमा उन्नतजातका बाख्रा पाल्न थालेका हुन । ति मध्य दुईजना वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवा हुन । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) प्रेम खड्का र भेषबहादुर थापाले […]

अन्नपुर्ण गापाको गाउँसभा सम्पन्न ः दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन

विकल्प न्यूज/बेनी म्याग्दी ,१७ माघ । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको १४ औं गाउँसभासम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाले चालु आर्थिक बर्षका लागि दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आथिक बर्ष २०७७/७८मा खर्च हुन बाँकी बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा […]

एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनमा सहमति

काठमाडौं । माघ १६ गते । सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति भएको हो । प्रधानमन्त्री देउवाले लामो समयदेखि एमसीसी पारित गराउने […]

म्याग्दीमा ६ जना नयाँ कुष्ठरोगी भेटिए

विकल्प न्यूज/बेनी माघ १६ गते । म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यसबर्ष जिल्लामा ६ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९ औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा गतबर्षका नियमित औषधी सेवन गर्ने ३ र यसबर्ष नयाँ ६ […]

आगलागी पीडितलाई गंगा जिसी फाउन्डेसनद्वारा राहत प्रदान

 विकल्प न्यूज/बेनी माघ १६ गते ।  बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ भएको आगलागीबाट पीडित रामचन्द्र खत्री र सुस्मा खत्रीको परिवारलाई म्याग्दीको परोपकारी संस्था गंगा जिसी फाउन्डेसनले पहिलो चरणको राहत सामग्री उपलब्ध गराएको छ । आइतबार फाउन्डेसनका अध्यक्ष नारायण जिसीले सिरक, डसना, चामल, दाल, नुन तेल, ग्यास चुल्हो, पकाउने भाडाकुडा तथा दुइ बच्चाका लागि आवश्यक बिद्यालय […]

बेनी ६ ज्यामुनाखर्कमा एक घर जलेर नष्ट

विकल्प न्यूज/बेनी माघ १६ गते । बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले जानकारी दिनुभयो। आगलागीबाट घरभित्र रहेको ३ तोला, सुन गरगहना, ३५ हजार नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको […]

कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ सार्वजनिक

विकल्प न्यूज\बेनी माघ १५ गते । आर्थिक इतिहासका अध्येता म्याग्दीवासी कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति ः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ । यस […]

जिल्ला प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण

विकल्प न्यूज/बेनी माघ १५ गते । थुनुवालाई भेट्न आउनेहरुलाई सहज होस् भन्ने उद्धेश्यले हिरासत अगाडी थुनुवा भेटघाट कक्ष बनाइएको प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो । झरीमा छाता ओड्नुपर्ने र गर्मीमा घामले पोल्ने समस्या हटेको छ । आन्तरिक बैठक सञ्चालनका लागि ब्यारेकको तला थपेर सभाहल बनाइएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । सभाहललाई बैठकका अतिरिक्त […]

प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

विकल्प न्यूज/बेनी बेनी, १५ माघ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्रमुख सचिब सन्तोष गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानिया, प्रेस युनियनका सचिब साधन राम्जाली र पत्रकार ठाकुरप्रसाद आचार्यको उपस्थिति थियो । कोरोना जोखिमका कारण प्रतिनिधीमुलक उपस्थितिमा स्थापना दिवस मनाएको सचिब खत्रीले बताउनुभयो । प्रमुख सचिब गौतमले समावेशीकरण, श्रमजिबी पत्रकार […]

बैशाखमै स्थानीय चुनाव हुने प्रचण्डको संकेत

काठमाडौं माघ १४, २०७८ , नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै  हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड  सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग […]

म्याग्दीमा थपिए एकै दिन ४६ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी माघ १२ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना पुष्टि भएको छ । स्थानीय तह र बेनी अस्पतालमा गरिएको एन्टिजेन परिक्षणबाट ४४ जना र पिसिआर परिक्षणबाट २ जना गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय […]

बासखर्कका किसानले भित्राए सुन्तला विक्री गरेर गाउँमा पाँचकरोड

विकल्प न्यूज/जलजला माघ १२ गते । जलजला गाउँपालिका १ बाँसखर्कका किसानले यस वर्ष झन्डै पाँच करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा पाँच करोड रुपैयाँ भित्र्याएका बजार […]

जलजलाको नागलीबाङ देखि बागलुङ जोड्ने नेपालकै दोस्रो लामो पुल बन्ने

विकल्प न्यूज/बेनी माघ १२ गते । फाइल तस्विर  ‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो ९५६७ मी लामो० पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको […]

बेनीमा ‘मास्क बैंक’ स्थापना

विकल्प न्यूज/बेनी माघ ११ गते ।  बेनीका दुई स्थानमा मास्क वैंक सञ्चालनमा ल्याइएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै जिल्ला कोभिड ब्यवस्थापन समितिको संयोजनमा मास्क विना यात्रा नगर्न अनुरोध सहित ‘तपाईंको मास्क खोई ’ अभियान सुरु भएसँगै बेनपा–७, सामुदायिक चोकमा रहेको प्रहरी बिट र कालिपुल बसपार्कमा मास्क बैंक’ स्थापना गरिएको हो । जिल्ला प्रशासन […]