म्याग्दी समाचार
बेनी नगरपालिकामा एमालेको चुनावी सभा र घरदैलो तिव्र
विकल्प न्यूज/बेनी बैशाख २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी र काउलेमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेको चुनावलक्षित कार्यक्रम गरिएको हो । बेनी नगरपालिकामा मेयरका एमाले उम्मेदवार सुरत केसी, […]
बेनीमा नमुना मतदान(फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख २२ गते । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको छ । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मतदान गरिएको हो । नमुना मतदान गर्नुहुँदै जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन […]
म्याग्दीका सवै वडामा एमालेको चुनावी सभा र घरदैलो
विकल्प न्यूज/बेनी बैशाख २२ गते । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले राजनीतिक दलहरुको चुनावलक्षित विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यसैक्रममा बुधबार म्याग्दीको सबै छ वटै पालिकामा नेकपा एमालेको चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम भएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी, पुरुन्डी र पुलाचौरमा आयोजित चुनावी सभालाई […]
च्युरीबोटमा कांग्रेसको चुनावी सभा
विकल्प न्यूज/बेनी बैशाख २२ गते । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई मतदान गर्न अपिल […]
नमुना गाउँ बनाउने मालिका–२ रुमका अध्यक्षका उम्मेदवार बुढाथोकीको प्रतिवद्धता
विकल्प न्यूज/बेनी बैशाख २१ ग्ते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्षका उम्मेदवार उदय कुमार बुढाथोकीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीमा रहँदा पनि निरन्तर सामाजिक सेवामा सक्रिय बुढाथोकीलाई नेकपा एमालेले मालिका–२ रुमको वडा अध्यक्षको उम्मेदवार बनाएको हो । उहाँले बुधबार ८ पेज लामो प्रतिवद्धता […]
घरदैलोमा उम्मेदवार पुगेपछि मतदाता उत्साहित
विकल्प न्यूज/बेनी बैशाख २१ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा म्याग्दीका दलहरु चुनावी अभियान लिएर मतदाताका घरघरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घरघरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ । मतदाताका घरघरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु […]
जलजला रिङरोडको परिकल्पना सहित नेकपा एमालेले ल्यायो चुनावी प्रतिवद्धता–पत्र
विकल्प न्यूज/जलजला बैशाख १७ गते । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले चुनावी प्रतिवद्धता पत्र प्रकाशित गरेको छ । जलजलाको विकास र समृद्धिका लागि एमालेले हाल देखिएका समस्या,समाधानको नीति,कार्यन्वनयको योजना सहितको प्रतिवद्धता पत्र प्रकाशित गरेको छ । पढ्न यहाँ क्लिक गर्नुहोस् नेकपा एमाले जलजलाको चुनावी प्रतिवद्धता
बेनीमा सञ्चालित मुटुरोग शिविरबाट १५ सयबढी बिरामीहरु लाभान्वित
विकल्प न्यूज/बेनी बैशाख १७ गते । बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सयजना भन्दाबढी बिरामीहरु लाभान्वित भएका छन् । हिँजो शुक्रबार र आज शनिबार गरी दुई दिनको शिविरमा १५ सय ५ जनाले मुटुको परीक्षण गर्नुका साथै औषधी उपचारको सेवा लिएका हुन् । सेभ द हार्ट काठमाडौंको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी […]
बेनीमा निशुल्क मुटुरोग शिविर संचालन
विकल्प न्यूज/बेनी वैशाख १६ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय […]
धवलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झक छन्त्याल वडाध्यक्षमा निर्विरोध
म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माअाेवादी केन्द्रका झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धवलागिरिमा माओवादी […]
बेनी नगरपालिकामा उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको तालमेल
म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच अन्तीम समयमा चुनाबी तालमेल भएको छ । मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेको हो । पाँच दलित गठबन्धनमा सहमती नभएपनि अन्तीम चरणमा […]
हराएको राजनीतिक इमान ः चुनाव चिन्ह् बदलेर निर्वाचनमा
विकल्प न्यूज/बेनी बैशाख १४ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार जिल्लाका क्रियाशिल राजनीतिक दल र केही स्वतन्त्रले विभिन्न पदहरुमा मनोनयन दर्ता गरे । जिल्ला व्यापीरुपमा चुनावी तालमेल गर्ने भनेपनि सिट भागबन्डा निमिलेपछि काँग्रेस र माओवादीले बेनीको केही वडामा मात्र गठबन्धन गरेका छन् । गठबन्धन गरेका उनीहरुले चुनावी चिन्ह् […]
मेयरका उम्मेदवार विकले सार्वजनिक गर्नुभयो १५ बुँदे प्रतिवद्धता
विकल्प न्यूज/बेनी बैशाख १३ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बन्नुभएको युवा नेता कृष्णकुमार विश्वकर्माले बेनी नगरको विकास र समृद्धिका लागि १० बुँदै विकासको योजना सार्वजनिक गर्नुभएको छ । सत्ता गठबन्धनमा आवद्ध समाजवादी जिल्लामा गठबन्धन नभएपछि एक्लै चुनावी मैदानमा आएको छ । समाजवादीले बेनी नगरको मेयरमा […]
जलजलाको बनौंमा नेकपा एमालेका उम्मेदवारहरु घरदैलोमा
विकल्प न्यूज/जलजला बैशाख १३ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्वतको जलजला गाउँपालिका वडा नम्बर ९ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो अभियान थालेका छन् । अभियान अन्तर्गत जनताको घरघर सम्म पुग्ने र छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको एमाले बनौंले जनाएको छ । विगतमा नेकपा एमाले कमजोर भएपनि पछिल्लो समय एमालेले संगठन […]
एमाले जलजला वडा नम्बर २ का उम्मेदवारहरु मत माग्न घरदैलो अभियानमा
विकल्प न्यूज/जलजला बैशाख १३ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ बाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उम्मेदवाहरुले घरदैलो अभियान सुरु गरेका छन् । सोमबार निर्वाचनको अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेसँगै मत माग्न घरदैलो अभियान सञ्चालन गरिएको वडाध्यक्षका उम्मेदवार प्रकाश जिसीले बताउनुभयो । जनताको घरघर दैलोमा पुगेर नेकपा […]