विकल्प न्यूज/जलजला
बैशाख १३ गते ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्वतको जलजला गाउँपालिका वडा नम्बर ९ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो अभियान थालेका छन् । अभियान अन्तर्गत जनताको घरघर सम्म पुग्ने र छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको एमाले बनौंले जनाएको छ ।
विगतमा नेकपा एमाले कमजोर भएपनि पछिल्लो समय एमालेले संगठन विस्तार गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश सदस्य टिकाराम पुन मगर सहित गाउँका प्रतिष्ठीत व्यक्तिहरु एमाले प्रवेश गरेपछि बनौंमा संगठन बलियो हुँदै गएको नेकपा एमाले जलजलाका सचिव महेन्द्र रेग्मीले बताउनुभयो ।
उहाँका अनुसा बनौंमा नेकपा एमालेले यसपाली अध्यक्ष सहित पाँचवटै पदमा उम्मेदवारी दिएको छ । सोमबार उम्मेदवारी दर्ता गरेसँगै वडा अध्यक्षका उम्मेदवार टिकाराम पुन मगरको नेतृत्वमा घरदैलो अभियान सञ्चालन गरेका छन् । एमालेले बनौंमा खुल्ला सदस्यमा टिका फगामी र भुवन सिंह पुन,दलित महिला सदस्यमा संझना घिमिरे नेपाली र खुल्ला महिला सदस्यमा विष्णुमाया पुनलाई उम्मेदवार बनाएको छ ।