विकल्प न्यूज/जलजला
बैशाख १३ गते ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ बाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उम्मेदवाहरुले घरदैलो अभियान सुरु गरेका छन् ।
सोमबार निर्वाचनको अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेसँगै मत माग्न घरदैलो अभियान सञ्चालन गरिएको वडाध्यक्षका उम्मेदवार प्रकाश जिसीले बताउनुभयो ।
जनताको घरघर दैलोमा पुगेर नेकपा एमालेको पक्षमा मत माग्न थालिएको उहाँले बताउनुभयो । पहिलो चरणमा मतदाताको घरघर सम्म पुगेर मत माग्ने र दोस्रो चरणमा टोलमा कोणसभा गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
यसपाली पालिका र वडामा नेकपा एमालेलाई जिताउन अनुरोध गर्दै जनताको घरआगनमा अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । नेकपा एमालेले वडा नम्बर २ को अध्यक्षमा प्रकाश जिसी,खुल्ला सदस्यमा सुमन नेपाली र कुलबहादुर विक,दलित महिला सदस्यमा शान्ती नेपाली र खुल्ला महिला सदस्यमा जुना केसीलाई उम्मेदवार बनाएको छ ।