फिचर
सत्ता गठबन्धनद्धारा म्याग्दीमा संयुक्त उम्मेदवारी दर्ता (फोटोसहित)
विकल्प न्यूज/बेनी असोज २३ गते । सत्ता गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त रुपमा उम्मेदवार दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र प्रदेशसभा निर्वाचन क मा माओवादीका हरिबहादुर भण्डारी र ख मा माओवादीकै जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले मनोनयन दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसको […]
म्याग्दीमा नेकपा एमालेका उम्मेदवारहरुले गरे मनोनयन दर्ता
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २३ गते । म्याग्दीमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवारहरुले पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि हरिकृष्ण श्रेष्ठ,प्रदेशसभा निर्वाचन क्षेत्र क मा देवेन्द्रबहादुर केसी र ख मा यामबहादुर गर्बुजाले मनोनयन दर्ता गराउनुभएको […]
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्राइयो (फोटो/भिडियो)
ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोतमन्दिरहरुमा फूलपाती भिœयाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भिœयाइएको हो […]
धाइरिङको सल्यान फाँटमा धान खेतको हरियाली (फोटो)
विकल्प न्यूज/जलजला भदौं २२ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यानको हरियाली धानखेतको फाँट । सिँचाई सुविधा भएको यो फाँटमा धानखेती राम्रो हुन्छ । हिउदमा तरकारीले भरिने यो फाँटमा वर्खायाममा किसानहरुले धान रोप्ने गर्दछन् । सल्यानको फाँटमा किसानहरुले स्थानीय जातको धान खेती गर्दछन् । तस्विर ठाकुरप्रसाद आचार्य
हाडेभीरमा सुख्खा पहिरो(फोटो)
विकल्प न्यूज/बेनी भदौं १० गते । बेनी नगरपालिका २ स्थित हाडेभीरमा शुक्रबार सुख्खा पहिरो खसेको छ । पहिरोका कारण बेनी –बागलुङ सडक अवरुद्ध बनेको छ । केही दिनयता यस खुल्ला मञ्च पारिपट्टी निरन्तर पहिरो खसिरहेको छ । दुईदिन अघि पनि पहिरो खसेर दुई जना पैदल यात्री घाईते भएका थिए । जोखिम बढेपछि शुक्रवार दिउसो देखि […]
साउनमा सवा लाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियोसहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३० गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वर धाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यसपालीको साउन महिनामा ५ […]
खयरलेकको सुन्दरता (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी खयरलेक,साउन ३० गते । समुन्द्री सतह देखि करिब चारहजार ७०० मिटर उचाईमा रहेको यो हो खयर ताल । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा स्थित खयरलेक धार्मिक एवम् प्राकृतिक रुपमा प्रशिद्ध छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर तालको अवलोकन र यहाँ रहेको खयरभारानीको दर्शन गर्न जनैपूर्णिमाका दिन ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् । […]
जब खोप्रामा आकास खुल्यो (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/खोप्रा साउन ३० गते । खोप्रालेकबाट हिमशृङ्खलाको अवलोकन गर्न पाइयो, किनकि यो वर्षा समयमा बाक्लो हुस्सुले वरिपरि देख्न पाइँदैन । अचेल मौसम सफा भएपछि खुलेको मौसमपछि खाेप्राबाट संसारलाई नियाल्न पाइयो । आँखै अगाडि खुलेको हिमशृङ्खलाले वातावरणलाई मनोमहक बनाइदिएको छ । हरियाली डाँडापाखा र टलक्क टल्किएका हिमालहरुको लहरले खोप्रा लेक साँच्चिकै सुन्दर देखिएको छ […]
तीनसय वर्ष पुरानो लाखे नाच संरक्षणमा जुटे बेनीका युवा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य\म्याग्दी साउन १८ गते । करिब तिनसय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ । लाखे नाचलाई नेवार समुदायको परानो संस्कृतिको रुपमा लिने गरिन्छ । भक्तपुर र साँखु लगायत विभिन्न स्थानबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति पनि भित्रिएको अगुवाहरु […]
साउनको पहिलो सोमबार गलेश्वरमा भक्तजनको भीड
विकल्प न्यूज/बेनी साउन २ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ । आजको साउनको पहिलो सोमबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न भक्तजनाहरु आएका छन् । म्याग्दी सँगै कास्की,चितवन,बागलुङ,पर्वत र काठमाण्डौं लगायत क्षेत्रबाट दर्शनका लागि भक्तजन आएका छन् । सफा मौसम भएकाले भक्तजनहरु बढ्न सक्ने अनुमान गरिएको छ । […]
म्याग्दीमा एकवर्षको अवधिमा १९ किलोमिटर सडक कालोपत्र
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ३० गते । म्याग्दीमा एकवर्षको अवधिमा विभिन्न योजनाहरु मार्फत गरेर १९ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना,पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो । बेनी […]
लभ्लीहिलमा पदमार्ग र चौपारी निर्माण(फोटोफिचर)
विकल्प न्यूज/बेनी असार २७ गते । पछिल्लो समय पर्यटकीय स्थलका रुपमा विकास हुनथालेको बेनी नगरपालिका २ लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुनथालेका छन् । वन डिभिजन कार्यालय म्याग्दीद्धारा चालु आर्थिक वर्षमा ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्यपर्यटन कार्यक्रम मार्फत प्राप्त भएको ३ लाख ३६ हजार रुपैयाँको […]
सडक हिलाम्मे भएपछि सडकमै रोपाइँ गर्दै रणवाङका स्थानीयहरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी असार १३ गते । जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्डको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार […]
सुन्तला खेतीले समृद्ध दोसल्ले गाउँ
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका किसानहरु सुन्तला विक्री गरेर वार्षिक रुपमा ५० लाख भन्दा बढी रकम गाउँमा भित्राउने गरेका छन् । परम्परागत खेती मकै,गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान थालेका हुन । यहाँ रहेका ५० घरपरिवार बसोवास गर्ने गाउँभरी […]
अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट
ठाकुरप्रसाद आचार्य/म्याग्दी असार १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट गाउँसभाले पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको आगमी आर्थिक […]