ताजा समाचार:
Search

फिचर

सुन्दर झरना………….

विकल्प न्यूज/बेनी असार २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने भोङभोङ झरना । तस्विर सन्तोष गौतम /विकल्प न्यूज

गोलभेडा खेती

विकल्प न्यूज/बेनी असार २३ गते । मंगला गाउँपालिका ५ पिपलबोट सेरसफाँटकी कृषकले प्लास्टिक घरभित्र गरेको गोलभेडा खेती । तस्विर सन्तोष गौतम

घ्या“सीखर्क स्थित रघुगंगा माथि झोलुङ्गे पुल निर्माण

गोपाल छन्त्याल/बेनी । असार २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगले स्थित घ्या“सीखर्कमा रघुगंगा नदी माथि निर्मित पुलको बिहिबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) मार्फत २५ लाख ५९ हजार, गाउँपालिकाको १ लाख ८६, जनश्रमदान ६० हजार ५ सय, लठ्ठा, वुलपग्रिस १ लाख ९२ हजार गरि २९ लाख ९२ हजार रुपैयाँको लागतमा […]

एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १७ ।    ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको हो […]

“लागु पदार्थको नशा ः जीवनको दशा”

विकल्प न्यूज/बेनी असार १२ गते । “लागुपदार्थको सेवनः गयो अमुल्य जीवन” “लागु पदार्थको नशा ः जीवनको दशा” लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बेनीमा निकालिएको प्रभातफेरी कार्यक्रममा सहभागि विद्यार्थीहरु । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

घारका योजनामा उल्लेख्य जनसहभागीता(फोटोसहित)

विकल्प न्यूज/बेनी घार,असार १२ गते ।         जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ घारमा सञ्चालीत विकास आयोजनामा उल्लेख्य जनसहभागीता जुटेको छ । वडाका जनप्रतिनिधिको प्रस्ताव र सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटको तुलनामा उपभोक्ता समितिले समुदायको धेरै श्रम र नगद जुटाएर योजना सम्पन्न गरेका हुन् । विभिन्न शिर्षकमा २४ वटा योजना तथा कार्यक्रम सञ्चालन भएकोमा २३ वटा सम्पन्न […]

तिव्रगतिमा निर्माण हुँदै दाना सवस्टेशन

विकल्प न्यूज/बेनी असार ८ गते । २२० केभीए कालीगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन अवस्थामा रहेको सवस्टेशन । यतिखेर सवस्टेशन निर्माण कार्य तिव्र पारिएको छ । आयोजना अन्तर्गत दाना देखि पर्वतको खुर्कोट खण्डमा निर्माण हुने ११४ विद्युतिय टावरमा अहिले सम्म ३५ वटा पुरा भएका छन् भने वाँकीको पनि धु्रतगतिमा काम […]

सामुदायिक विद्यालयमा कम्प्युटर सिक्दै विद्यार्थी (फोटोफिचर)

विकल्प न्यूज/बेनी असार ८ गते । जिल्लाको मंगला गाउँपालिका १ कुहुँ पूर्णगाउँ स्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयमा कम्प्युटर सिक्दै गरेका विद्यार्थी । ६ वर्ष अघि स्थानीय जमन वहादुर वानियाँ र उहाँको धर्मपत्नी प्रेमकुमारी बानियाँको ६ लाख रुपियाँको आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको थियो । कक्षा ४ देखि माथिका विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा अनिबार्य गरिएको […]

हिस्तानको महभिर झरना…….

विकल्प न्यूज/बेनी असार ४ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको महभिर झरनालाई पर्यटकीय गन्तब्य बनाउन फेदीमा निर्माण गरिएको पोखरी । तस्विर सन्तोष गौतम

परिश्रमी कृषक

विकल्प न्यूज/बेनी असार ४ गते । परिश्रमी कृषक । जलजला ७ धाइरिङ सल्यानका युवा कृषक योगेन्द्र पौडेल विउ उत्पादनका लागि खेतमा फलाएको काक्रो देखाउँदै । पौडेल वैदेशिक रोजगारीबाट फर्किएर विगत दश वर्ष देखि गाउँमै व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी

बरंजाको दह ताल

विकल्प न्यूज/बेनी असार ४ गते । म्याग्दीको मंगला गाउँपालिका ३ स्थित धार्मीक पर्यटकीय सम्भावना बोकेको दह ताल । तस्विर सन्तोष गौतम

देविस्थानको रुन्मामा सडक पुग्यो (फोटो फिचर)

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २५ जेठ ।       सडक निर्माण भएपछि रुन्मा गाउँका १७५ घरधुरी लाभान्वित भएका स्थानीय युवा रवीन फगामीले बताउनुभयो । स्थानीयबासीलाई आवत जावत, निर्माण सामाग्री, दैनिक उपभोग्य बस्तु, खाद्यान्न ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य बस्तु निकासीमा सहज भएको छ । रुन्मा गाउँ आलु र सुन्तला खेतीका […]

लभ्ली झरना !

विकल्प न्यूज/बेनी जेठ १८ गते । धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको नर्जाखोलाको झरना । पछिल्लो समय नाम परिवर्तन गरि लभ्ली झरना राखिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य  

ग्रामिण वस्तीको सुन्दरता…..

विकल्प न्यूज/बेनी जेठ १८ गते । धौलागिरि गाउँपालिका ३ मुनाको सुन्दर वस्ती । मुना धौलागिरि गाउँपालिकाको केन्द्र हो । यातायात सञ्जालले जोडेपछि यहाँ वस्ती विकास तिव्र भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

परिश्रमी गुर्जाली महिला

विकल्प न्यूज/बेनी जेठ १७ गते ।म्याग्दीको धौलागिरि गाउँपालिकाको विकट गाउँ गुर्जाकी एक महिला भेडाको ऊनबाट तयार पारिएको धागोबाट काम्लो बुन्दै । तस्विर ठाकुरप्रसाद आचार्य