विचार

पहिरोको उच्च जोखिममा म्याग्दी

दिवाकर पौडेल /विकल्प न्यूज साउन २३ गते । बिषय प्रवेश भिरालो भूबनोट, छोटो समयमा हुने अधिक मनसुनी बर्षा, बढ्दो जनसंख्याको चाप, वन जंगलको विनास र अव्यवस्थित एंव अवैज्ञानिक विकासे क्रियाकलापहरुले गर्दा म्याग्दी जिल्लाका माथिल्लो जलाधार तथा तटीय क्षेत्रका वस्ती एंव वासिन्दा तथा तल्लो जलाधारीय क्षेत्र तथा तटीय क्षेत्रका वासिन्दा समेत खासगरी पहिरोको कारण उच्च जोखिममा […]

न कम्युनिष्ट हुनु एमालेको जीतको कारण हो न माकेको हारको कारण

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन २० गते । न अघिलाग्ने अङ्गलाई टाउको भन्न मिल्छ न पछि लाग्नेलाई पुच्छर भन्न मिल्छ । उसको ठामसर्ने प्रक्रियालाई पाइलो सारेको भन्न पनि मिल्दैन । गडयौंलाको शारीरिक बनोट अनौैंठो हुन्छ र उसको गति पनि विचित्रको हुन्छ । प्रत्येक मुभमेन्टको प्रारम्भमा उसले आफ्नो शरीरको गन्तव्याभिमुख टुप्पोे अलिकता माथि उठाउँछ । कुनै अवरोधको […]

राष्ट्रवादको गाउनले छोपिएको राजनीतिक असफलताको कथा

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन ११ गते । काठमाडौंका सडक, गल्ली र ढलनिकासको दूर्दशाको अब्बल नमूना यो वर्षको बर्खायामको प्रारम्भमै देखाप¥यो । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने दुर्गति त काठडमाडौले वर्षौदेखि पचाउँदै आएको थियो । यसपटक सडकगल्लीमा बगेको बर्खे भेलले दुई/दुईजना स्कूले नानीहरुलाई बगायो । एकजनाको त ज्यानै जाने दूर्भाग्य समेत निम्तियो । […]

राजनीतिमा पुष्पलाल

रविन्द्र अधिकारी । साउन ७ गते । नेपाली माटोमा कम्युनिस्ट आन्दोलन शिलान्यास गर्ने नायकको नाम पुष्पलाल हो। मार्क्सवाद लेनिनवादको प्रचारप्रसार गरी जनतालाई सचेत संगठित र आन्दोलित गर्न आजीवन क्रियाशील पुष्पलालले कम्युनिस्ट भनिनेहरू बाटै गद्दार संज्ञा पाउँदासमेत नथाकी, नभागी पार्टीलाई अगाडि बढाउनु भयो। लेनिनको राजनीतिक जीवन उहाँका दाजु अलेक्जेन्डरलाई जारशाहीले प्राणदण्डको सजाय दिएपछि सुरु भएजस्तै पुष्पलालको […]

पर्यटन,जलस्रोत र जडीवुटी समृद्धिका आधार

थमसरा पुन /विकल्प न्यूज साउन ७ गते । म्याग्दीको धौलागिरी गाउँपालिका विकासको दृष्टीकोणले पछाडी परेको गाउँपालिका हो । केन्द्रिकृत शासन प्रणालीले गर्दा यस क्षेत्रमा विकासको ढोका खुल्न सकेन । सधै पछाडी पारियो । जिल्लाको विकट भूगोलका कारण आर्थिक,सामाजिक र राजनीतिबाट सधै पछाडी प¥यो । विकासको हिसावले निकै पछि परेको जिल्लाकै दुर्गम धौलागिरी गाउँपालिका हो । […]

भूलमाथि भूल थप्दै जाने नियतिबाट माओवादी केन्द्र कहिल्यै मुक्त नहुने भो !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन ५ गते । “बहुदलीय जनवाद” कम्युनिष्टहरुलाई पतनोन्मुख बनाउन आविष्कार गरिएको “मन्द बीष” थियो । तत्कालीन मालेले चौधो महाधिवेसनबाट सैद्धान्तिकरुपमा बहुदलीय जनवादलाई मान्यता दिइसकेको थियो । व्यवहारमा प्रयोग भैसकेको सिद्धान्तलाई पाँचौं अधिवेशनमा नाम मात्रै दिइएको हो । बच्चा जन्मेपछि निकै ढिलो गरेर न्वारान गरिएको हो । बहुदलीय जनवादका प्रणेता मदन भण्डारी वास्तवमा […]

पुलस्त्य ऋषि र उनको जीवनकालको बारेमा एउटा प्रश्न !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असार १४ गते । किशोरवय भन्न मिल्ने उमेरमा पाइलो नराख्दैदेखि घरबाट पर बस्ने वानी लागेको हो । दशवर्षको कलिलो उमेरदेखि नै पठनपाठनको निहुँमा डेरा बस्न थालिएको हो । स्वअभ्यास र अनुभव मानिसको सबभन्दा ठूलो गुरु मानिन्छ । डेराको बसाई कहिल्यै पनि सुविधाजनक हुदैन भन्ने कुरा मेरो अनुभवले भन्छ । डेरामा बस्नेहरुले मनफुकाएर […]

“हुलाकी दाई” को अधुरो सपना !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असार ६ गते । हामी दूई भाईबीच प्रत्यक्ष भेटघाट र अन्तरङ्ग भलाकुसारी भएको ठीक महिनादिनपछि अर्थात २०७४ सालको जेष्ठ २६ गते “हुलाकी दाई” फेरि फर्केर आउन नमिल्ने अनन्तयात्राको बाटो लाग्नु भएछ ! उहाँको निधनले हरेक तीन तीन वर्षमा (एकवर्ष बिराएर) आयोजना गरिने पुलामी बानियाँहरुको कुलपूजा स्थगित भएछ । दाईको महाप्रस्थानको बेला राजधानीतिर […]

स्थानीय सरकार सञ्चालनको आधार

पविता मुडभरी/विकल्प न्यूज जेष्ठ २०, २०७४ ,  आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा कुल बजेटको १७.६ प्रतिशत रकम स्थानीय तहलाई प्रदान गरिएको छ । सरकारले जनसंख्या, क्षेत्रफल र मानव सूचकांकको आधारमा गाउँपालिका र नगरपालिकालाई बजेट उपलब्ध गराएको छ । सरकारले उपलब्ध गराएको बजेट र स्थानीय आयस्रोत नै मुख्य रूपमा स्थानीय तहको बजेट निर्माणका आधार […]

अझैसम्म पनि साँच्चिकै पोखरेली हुन सकिएको रहेनछ !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज बसोबास पोखरामा भएर पनि पोखरेली हुन सकिएको रहेनछ । आफ्ना लागि पोखरा विरानो पो रहेछ भन्ने अनुभूति यसपटकको स्थानीय निर्वाचनले गरायो । निर्वाचनको रङ्गमा पुरै पोखरा लछप्पै भिज्दा समेत आफू भने किनाराको दर्शक मात्र रहियो । पार्टीविशेषप्रति कुनै लगाव वा सामिप्यता नरहेको हुनाले कसैप्रति अनुराग वा वितरागको भावना थिएन । “बेल पाकेर […]

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई केही सुझावहरु

ई. खिमानन्द कँडेल/विकल्प न्यूज जेठ १७ गते । भर्खरै मात्र देशका तीनवटा प्रदेशहरुमा स्थानीय तहको निर्वाचन सम्पन्न भई भरतपुर महानगरपाालिका बाहेकका स्थानीय तहहरुमा प्रमुख/उप प्रमुख, अध्यक्ष/ उपाध्यक्ष, वडा अध्यक्ष एवं वडा सदस्यहरुको चयन भैसकेको अवस्था छ भने संविधान अनुसार व्यवस्था गरिएका दलित एवं अल्पसंख्यक मध्यबाट थप सदस्य मनोनित हुने प्रकृया पनि अगाडि बढिरहेको छ । […]

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना …

निराजन थापा /विकल्प न्यूज जेठ १० गते । साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो – ‘बेनी शान्त मुस्कुराईरहेछ ।’ ‘न्यू धौलागिरि’ दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलाई सम्झिरहेछु जुनदिन जिल्ला विकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी […]

निर्वाचन परिणामले म्याग्दीको राजनीतिलाई सिकाएको पाठ

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज जेठ १० गते । नेतृत्वमा समाज प्रतिविम्वित हुन्छ । समाजको सोच, चिन्तन र चेतनाको ऐना नेतृत्वलाई मानिन्छ । नेतृत्व निर्माता समाज हो । नेतृत्व निर्माणको माध्यम भने संगठन हो । त्यसैले मौरीले रानी उत्पादन गरेझैं नेतृत्व निर्माणमा समाज र संगठन प्रयत्नशील रहनुपर्छ । नेतृत्व आयात गर्ने विषय होइन । “बेसाहाको दर, पेट […]

असैद्धान्तिक र अव्यवहारिक चुनावी तालमेलको नमूना बन्यो “धवलागिरि” !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज बैशाख २३ गते । “आफ्नो पार्टीभित्र खेल्न खोजेको र फुटाउने प्रयत्न गरेको” भनेर अप्रत्यक्षरुपमा भूतपूर्व राजामाथि राप्रपाका अध्यक्ष कमल थापाले आरोप लगाएको कुरा सार्वजनिक भएको छ । हुनत थापा उती विश्वसनीय नेता होइनन । उनले भने भन्दैमा वर्तमान सत्तासमीकरण भत्काउने प्रयत्न पूर्वराजाबाट भयो होला भनेर पत्याउन सकिदैन । किनकि “उसै त मुसुरी […]

संघियतामा भू–संरक्षण तथा जलाधार व्यवस्थापन

दिवाकर पौडेल/विकल्प न्यूज बैशाख १७ गते । मुलुक संघिय संरचनामा प्रवेश गरेसंगै जनतालाई सेवा प्रवाह गर्ने निकायहरुको अबको सेवा प्रवाहको मोडेल कस्तो बनाउंदा सेवाग्राही जनताहरुले चुस्त, दुरुस्त एवं छिटो सेवा प्राप्त गर्न सक्छन् एउटा चासो र बहसको बिषय बनेको छ । नेपालको संविधान २०७२ ले तीन तहको सरकारको परिकल्पना गरेको छ जसमा केन्द्रमा संघिय सरकार, […]