रविन्द्र अधिकारी ।
साउन ७ गते ।
नेपाली माटोमा कम्युनिस्ट आन्दोलन शिलान्यास गर्ने नायकको नाम पुष्पलाल हो। मार्क्सवाद लेनिनवादको प्रचारप्रसार गरी जनतालाई सचेत संगठित र आन्दोलित गर्न आजीवन क्रियाशील पुष्पलालले कम्युनिस्ट भनिनेहरू बाटै गद्दार संज्ञा पाउँदासमेत नथाकी, नभागी पार्टीलाई अगाडि बढाउनु भयो।
लेनिनको राजनीतिक जीवन उहाँका दाजु अलेक्जेन्डरलाई जारशाहीले प्राणदण्डको सजाय दिएपछि सुरु भएजस्तै पुष्पलालको राजनीतिक जीवन पनि राणाशाहीले जेठा दाजु गंगालाललाई १९९७ सालमा प्राणदण्ड दिएपछि सुरुभएको थियो।
विस १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मेका पुष्पलालले २००६ बैशाख १० गते नेकपाको स्थापना गर्नुभयो। राणातन्त्र विरोधी आन्दोलनलाई राजावादी र बुर्जुवा सुधारको भ्रमबाट मुक्त बनाएर सामन्तवाद र साम्राज्यवाद विरोधी आमूल परिवर्तनका दिशामा अघि बढाउन कम्युनिस्ट पार्टीको अनिवार्य आवश्यकता खड्किरहेको बेलामा मार्क्सवाद लेनिनवादको वैज्ञानिक दृष्टिकोणका आधारमा देश र दुनियाको परिस्थिति विश्लेषण गर्दै कम्युनिस्ट पार्टीको निर्माण गर्न पुष्पलालले गरेको योगदानप्रति नेपाली कम्युनिस्ट आन्दोलन सधैं कृतज्ञा हुनुपर्छ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको बेलामा उहाँ संग आबश्यक पर्ने खर्च थिएन भारतीय कम्युनिस्ट मित्र नृपेन्द्रसँग सहयोग माग्न जाँदा उनले भनेछन् ” हेर पुष्पलाल! केही हजार रुपियाँ हाम्रो निम्ति ठुलो कुरा होइन, हामीले दियौ भने फिर्ता लिँदैनौ। तर नेपाली जनता तिम्रो पार्टीलाई हुर्काउन र बढाउन अक्षम छन् भने कम्युनिस्ट पार्टीको गठन नै निरर्थक छ। यस उत्तरलाई पुष्पलालले सधेँ हेका राख्नुभयो र आफ्नै खुट्टामा उभिनसक्ने कम्युनिस्ट पार्टी निर्माणमा लाग्नुभयो।
सिक्न र जान्न विश्वविद्यालय नै जानुपर्छ भन्नेछैन। जनताकै बीचमा बसेर पनि धेरै सिक्न सकिन्छ। पुष्पलालले एसएलसीसम्म औपचारिक शिक्षा हासिल गर्नुभएको थियो तर उहाँले नेपाली इतिहास, दुनियाको आन्दोलन, नेपालको विशिष्टता र मार्क्सवादका विषयमा धेरै अध्ययन, खोज र अनुसन्धान गर्नुभयो।
उहाँले कम्युनिस्ट घोषणापत्रको पहिलो नेपाली अनुवाद गरी प्रकाशित गर्नुभयो। साथै, नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र पनि जारी गर्नुभयो। उहाँले नेपालको मातृसत्तात्मक समाज, नेपालको नाम किन नेपाल रह्योरु नेपाली जनआन्दोलनको एक समीक्षा, नेपाली क्रान्तिको मूलबाटो, नेपाल कम्युनिस्ट पार्टीको १८ वर्षको क्रान्तिकारी सिंहावलोकन एवं शिक्षा, नयाँ जनवादी कार्यक्रमलगायत अनेकौं रचना प्रकाशन गर्नुभयो। उहाँका कृति र विचारले आज पनि नेपालको वामप्रजातान्त्रिक आन्दोलनलाई दिशानिर्देश गरिरहेकाछन्। आफ्नो क्रान्तिकारी जीवनमा पुष्पलालले कहिल्यै पनि स्वार्थका काला बादलको छायाँ पर्न दिनुभएन।
नेकपाको तत्कालीन नेतृत्वले २०१० सालतिर राजालाई विशेष अधिकार दिनुहुँदैन भन्ने कार्यक्रम बनायो। त्यतिबेला मुख्य शत्रु कुनै वर्ग, सत्ता वा शक्ति नभएर विशेष राजनीतिक प्रवृत्ति र निरंकुशता हो भनियो। तर उहाँले राजतन्त्र नै मुख्य शत्रु हो र राजतन्त्र विरोधी राजनीतिनै पार्टीको मूल नीति हो भन्ने निष्कर्ष निकालेर दक्षिणपन्थी दलदलमा फसाउन खोजिएको कम्युनिस्ट आन्दोलनलाई बचाउनुभयो।
यसरी पार्टीको क्रान्तिकारी सारको रक्षा गर्नु भयो। उहाँ कम्युनिस्ट पार्टी निर्माणका लागि जनतालाई सचेत र संगठित बनाउन निरन्तर क्रियाशील हुनुभयो। कहिले प्रवासमा अखबारका पाना ओछ्याएर रेलका प्लेटफर्ममा रात बिताउनुभयो, कहिले खर्च नभएर सातु, चिउरा र प्याज खाएर र कैयौँ दिन त भोकभोकै बस्नु भयो। तैपनि, पार्टीलाई बचाउनुभयो। जतिसुकै दमन, शोषण, दुःखकष्ट आपदविपद सहन परे पनि पुष्पलाल सधैँ आफ्नो र मुलुकको स्वतन्त्रताका लागि लड्नुभयो। अभावकै कारण उहाँ अल्पायुमै थला पर्नुभयो र जीवनबाट बिदा लिनुभयो। त्यतिबेला खुलारूपमा आँसु खसाल्न पाइन्नथ्यो। उहाँको शव त आफ्नो देशमा ल्याउन दिइएन भने बाकीँ अवस्था कस्तो थियो होलारु पुष्पलाललाई समग्रतामा अध्ययन र विश्लेषण गर्ने हो भने त्यहाँ नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास प्रतिविम्बित हुन्छ।
यतिखेर ुजनयुद्धुमा होमिएकादेखि सरकारमा रहेका कम्युनिस्ट, र विपक्षीलेसमेत पुष्पलाललाई संस्थापक नेता र अगुवा मान्छन्। परन्तु, जिउँदो हुँदा आफ्नै साथीले उहाँलाई दिएका यातना अहिलेको सम्मानले सच्चिन्छ कि सच्चिँदैनरु निर्मल लामाले भन्नुभएअनुसार पुष्पलालको अन्त्येष्टिमा गएको र कमरेड भनेबापत केन्द्रीय कमिटीले उहाँलाई कारबाही गर्योन। पार्टीले, पुष्पलाललाई गद्दार घोषणा गर्दा उहाँले केही गर्नसक्नु भएन। लामा पछि त्यो पाप पखाल्न चाहनुहुन्थ्यो। तत्कालीन नेकपा ९माले०ले पनि त्यसै गर्योन। पाँच, सात वर्ष अगाडिसम्म मात्र पनि माओवादीले त्यसै गर्थ्यो। अब पुष्पलाल सबैका नेता बन्नुभएको छ तर के सबै पुष्पलालले देखाउनुभएको बाटो हिँडेका छन् तरु प्रश्न गम्भीर छ।
राजनीतिक दरिद्रता व्यक्तिवाद हो, वैज्ञानिक चिन्तनको दरिद्रता पछौटेपन हो। विश्लेषणको दरिद्रता भरौटेपन हो, ज्ञानको दरिद्रता कुरौटे पनहो। नेतृत्व गर्नसक्ने क्षमताको दरिद्रता अरौटेपन हो। सैद्धान्तिक दरिद्रता व्यक्तिगत आरोपप्रत्यारोप हो।ु भन्ने मान्यता राख्नुहुन्थ्यो पुष्पलाल।
के उहाँका विचारलाई यति बेला नेपालको कम्युनिस्ट आन्दोलनले आत्मसात् गर्नसकेको छ त? के उहाँका शिष्य हौँ भन्नेहरूले पुष्पलालका मान्यतालाई व्यवहारमा उतारेका छन्रु दुनियाँको इतिहासमा यस्ता धेरै दृष्टान्त भेटिन्छन् जहाँ अघिल्ला महान् विचारकका चेला हुनेहरूले नै उसको विचार ध्वंस गरेका छन्। बुद्ध जीवनभर मूर्ति पूजा विरुद्ध लडे तर उनैका लाखौं मूर्ति बनाइए। अर्को मूर्ति पूजाको विकास गरियो र बुद्ध धर्मलाई नै जड बनाइयो। मान्छे बोक्ने तर विचार छाड्ने काम बुद्धका चेला हौँ भन्नेले नै गरे। कतै पुष्पलालका सन्दर्भमा पनि त्यस्तै हुन खोजिरहेको त छैनरु नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष दुई पुरुष पुष्पलाल र मदन भण्डारीबीच कुनै बेला नेता कार्यकर्ताको सम्बन्ध थियो। कालान्तरमा यी दुवै नेपाली कम्नीस्ट आन्दोलनका बिर्सनै नसकिने अगुवा ठहरिए। पुष्पलालले गर्व गर्ने ठाउँ छ, मदन भण्डारी उहाँका चेला हुनुहुन्थ्यो तर झस्कनु पनि पर्छ तिनै विद्रोह गर्ने चेला मदन भण्डारी नै कालान्तरमा पुष्पलालका सच्चा र योग्य उत्तराधिकारी ठहरिए।
निश्यनै पुष्पलालका केही कमीकमजोरी रहे। सधैँ संयुक्त जनआन्दोलनको आवश्यकतामा जोड दिए पनि उहाँ त्यस्तो सही कार्यनीतिक निष्कर्ष प्रयोग गर्न सफल हुनु भएन। हुनत, त्यस्तो कार्यनीतिक प्रयोग हुने परिस्थिति तयार भइसकेको थिएन भन्न चाहिँ सकिन्छ।
उहाँले कार्यनीतिलाई नेपाली कांग्रेससँगको संयोजनमा मात्र हेर्नुभयो तर सबै वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर कांग्रेसलाई कार्यगत एकताको आवश्यकता महसुस गराउन जोड दिनुपर्थ्यो। संयुक्त आन्दोलन एउटाको बुइमा सवार हुनुहोइन बरु, समानहैसियतका साथ मैदानमा उत्रनु हो।
त्यसतर्फ उहाँले ध्यान पुर्यााउन नसक्ता कांग्रेसको पछि लाग्ने प्रवृत्तिको आरोप पनि लाग्यो। तर उहाँ वर्गीय आन्दोलनको विषयमा कहिल्यै चुक्नुभएन। ुजातीय उत्पीडन, वर्गीय उत्पीडनकै एक रूप हो, जातीय उत्पीडन अन्त्य नगरी वर्गीय उत्पीडन अन्त्य हुँदैन भन्ने तर जातीय उत्पीडनलाई जातीय संघर्षले मात्रै समाधान दिँदैन, अझ बरु यसलाई विकराल बनाउँछ। वर्ग संघर्षको माध्यमबाटै जातीय उत्पीडन समाप्त पार्नुपर्छ।” पुष्पलालको मूल मान्यता यही थियो।
यस्ता कमजोरी उहाँको योगदानका तुलनामा महत्वहीन छन्। अरू कसैले बनाएको बाटोमा हिँड्न सजिलो छ, कसैले अगुवाइ गरेको यात्रा पनि हिँड्न गाह्रो छैन, तर आँफैले बाटो बनाउनु र लाखौँलाखलाई त्यही बाटोमा हिँडाउन सक्नु सबैभन्दा गाह्रो विषय हो। यो काम पुष्पलालले गर्नुभएको छ।
गंगालालले फाँसीमा झुन्डिनु अगाडी पुष्पलाललाइ भन्नुभएको थियो -“जन्मेपछि मृत्यु त निश्चित छ, यो अपरिहार्य नियम हो । माइला यस जन्मभूमिमा प्रजातन्त्रको स्थापनाका लागि हामीले बालेर गएको दियोलाई तिमीले जाज्वल्यमान पार्नु, नेपालका कुना कुनामा पुर्याथउनु।” गंगालालले भनेजस्तै पुष्पलाल नेपाल भर नै दियो सल्काउन सफल हुनुभयो, उज्यालो छर्नुभयो।
सबै नेपाली भन्ने राष्ट्रियभावले पुष्पलाल मात्र लेख्न सुरु गर्नुभयो। आफ्नो थर कहिल्यै लेख्नुभएन तर आज जात, थर र गोत्रको झगडा चल्दैछ। पुष्पलाल कति दूरदर्शी हुनुहँुदो रहेछ भन्ने आज सबैलाई अनुभव भएको छ। वास्तवमा वामपन्थी आन्दोलनलाई छिन्नभिन्न पार्न बनाइएको जातीय अश्त्रले पुष्पलालका विचारलाई क्रमशः विस्थापित गर्न खोज्दैछ, आजको मुख्य चुनौती भनेको पुष्पलालका विचारलाई पुनर्जीवन दिनु नै हो। पुनः प्रकासित लेख, प्रथम संस्करण २०१२ http://rabindraadhikari.com