निर्वाचन परिणामले म्याग्दीको राजनीतिलाई सिकाएको पाठ

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
जेठ १० गते ।
chandraनेतृत्वमा समाज प्रतिविम्वित हुन्छ । समाजको सोच, चिन्तन र चेतनाको ऐना नेतृत्वलाई मानिन्छ । नेतृत्व निर्माता समाज हो । नेतृत्व निर्माणको माध्यम भने संगठन हो । त्यसैले मौरीले रानी उत्पादन गरेझैं नेतृत्व निर्माणमा समाज र संगठन प्रयत्नशील रहनुपर्छ ।

नेतृत्व आयात गर्ने विषय होइन । “बेसाहाको दर, पेट लागि मर” भनेजस्तो आयातित उम्मेदवारको भरमा निर्वाचन जित्नुभन्दा २/४ वटा निर्वाचन हार्नु फलदायक हुन्छ । हरेकजसो संसदीय निर्वाचनमा अन्यत्रबाट उम्मेदवार आयात गर्ने परम्परा गलत हो भनेर औल्याउँदा काँग्रेसी विद्वतवर्गबाट आलोचित हुनुपरेको तीतो अनुभव स्मरणमा सुरक्षित छ ।

विषयलाई बुझ्न सजिलो होस भनेर आफ्नै उदाहरण प्रस्तुत गरेको कुरालाई सकारात्मक शिक्षाको रुपमा लिनुको सट्टा “आफ्नै अवमूल्यन गरेको र आफ्नै योग्यतामा प्रश्न उठाएको” जस्तो बाउँठे तर्क गरिएको पनि सत्य साँचो हो ।hari kumarतर अब भने विस्तारै म्याग्दी काँग्रेसले धर्तीमा पाइला राखेर हिड्न थालेछ कि भन्ने लक्षण यसपटकको निर्वाचनमा देखिएको छ । यद्यपि यसपटक म्याग्दी काँग्रेसले स्थानीय निर्वाचनमा प्राप्त गरेको सफलता सांगठनिक सृदृढताको परिणाम हो भन्नु अतिशयोक्ति ठहर्छ । तर पनि आशा लाग्दो सफलता पाएको कुरा इन्कार गर्न भने मिल्दैन ।

प्रशंसनीय पक्ष के रहेको छ भने नगर तथा गाउँपालिकाहरुमा विजयी हुने उम्मेदवारहरु सबै स्थानीय समाजमा भिजेका मानिसहरु थिए र उनीहरुको व्यक्तिगत लोकप्रियताले विजयप्राप्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्न हिच्किचाउनु पर्दैन ।

 

त्यसका अतिरिक्त मेयरको विजयमा त माओवादीको अतुलनीय योगदान पु¥याएको कुरा पनि हजार प्रतिशत सत्य हो ।
विजय सबैलाई प्रिय लाग्छ र हरेक निर्वाचनको विजयश्री आफ्नै बलबूताको परिणाम हो भन्ने ठानिन्छ । तर सधै त्यस्तो हँुदैन । उदाहरणको निमित्त संविधानसभाको दोश्रो निर्वाचन परिणामलाई लिन सकिन्छ ।

त्यो निर्वाचनमा एमालेलाई विजयी गराउने मुख्य तत्व तत्कालीन माओवादी थियो भन्दा म्याग्दी एमालेले आफ्नो मानहानी भएको ठान्ला ! तर तीतो वास्तविकता त्यही थियो । संविधानसभाको पहिलो निर्वाचनमा खसेको मतको झण्डै ४० प्रतिशतभन्दा बढी लोकप्रिय मत लिएको माओवादीलाई पार्टीविभाजनाले नराम्रोसँग थला पा¥यो ।

त्यसमाथि फुटेर गएको अपेक्षाकृत निकै बलियो समूहले माउ पार्टी निर्वाचनमा पराजित भएको हेर्न चाहने मनोविज्ञान पाल्नु र त्यसका लागि जुनसकेै मूल्य चुकाउन तयार हुनु अन्य प्रीतश्पर्धी पार्टीहरुका लागि सहायक बनेको थियो । माओवादी हिंसाको उत्कर्षकालतिर अग्लो रुखको छहारीमुनी टास्सिएको सानो विरुवाजस्तो बनेको ६४/६५ तिरको म्याग्दीकाँग्रेस बाहेक अघिपछि सधै बलियो प्रतिश्पर्धीको रुपमा रहेको कुराको साँक्षी निर्वाचन इतिहास नै छ ।

निर्वाचन एउटा प्राविधिक विषय पनि हो । संगठन र समर्थन बलियो भएर पनि प्राविधिक त्रूटि पराजयको कारण बन्न सक्छ । केही काँग्रेसी बन्धुहरुसँग विद्रोही माओवादीहरुलाई अवसरका रुपमा उपयोग गर्न सकिने विषयमा विचार विमर्श भएको पनि हो ।DSC_0874काँग्रेसको अकुशलताको कारणले बाजी मार्ने अवसर पायो एमालेले ! माओवादीको विद्रोही खेमालाई उपयोग गर्ने कौशल काँग्रेसले प्रदर्शन गर्न त सकेन, सकेन, कमसेकम एमाले पनि चुकिदिएका भए संविधानसभाको दोश्रो निर्वाचनपरिणाम काँग्रेसको पोल्टामा पर्ने सम्भावना रहन्थ्यो । सायद काँग्रेस त्यही जोखना हेरेर बस्यो ।

निर्वाचन प्रचार अभियानले गति लिदैजाँदा माओवादीको वास्तविक हैसियत उदाङ्ग भैसकेको थियो । उसलाई हराउनका निमित्त कसैले प्रयत्न गर्नु आवश्कतै थिएन । आफै हाथ्र्यो । उसलाई हराउनकै लागि अरु कसैलाई सहयोग र समर्थन गरेको हो भन्नु विशेषलाभ लिने निहुँ मात्र थियो ।

एमालेलाई फाइदा पुग्नेगरी थप अर्को गल्ती माओवादीले जिल्लाबाहिरबाट उम्मेदवार बेसाएर गरिदियो । म्याग्देली समाजको चेतनास्तरले अपरिचित उम्मेदवारलाई सजिलै पचाउन सक्ने कुरा थिएन, पचाएन । त्यसको परिणाम माओवादी मत विचलित हुनपुग्यो ।

त्यस्तो मतको पहिलो रोजाई एमाले हुनु स्वाभाविक थियो । माओवादीको विभाजन, विभाजित दुई टुक्राबीच शत्रूवत सम्बन्ध र जिल्ला बाहिरको उम्मेदवार हुनुजस्ता कारणहरुले एमालेलाई लाभ पुग्यो । अर्थात एमालेले निर्णायक मत माओवादीको भत्केको संगठनबाट सोहोर्ने अवसर पायो । एउटा स्वीकार्नै पर्ने वास्तविकता के हो भने माओवादीको क्षय एमालेका लागि लाभदायक रहन्छ र एमालेको अवनति माओवादीको हितको कारण बन्छ ।

यी जुम्ल्याहाजस्ता लाग्ने पार्टीहरुको अलग अस्तित्वको खास अर्थ बाँकी छजस्तो लाग्दैन । जतिञ्ज्याल परिस्थिति यथावत रहन्छ नेपाली काँग्रेस वा अर्को कुनै प्रतिश्पर्धी राजिनीतिक दलले खेल्ने र लाभलिने अवसर पाउँदै रहने छ ।

सांगठनिक स्थिति सुदृढ रहँदा रहँदै पनि नगरपालिकाको मेयरको पद गुमाउनुपर्दा एमालेले सम्पूर्ण पराजयको अनुभूति गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । यसपटकको निर्वाचन परिणामलाई पर्गेल्दा एमालेले आफ्नो राम्रो र सृदृढ उपस्थिति प्रदर्शन गरेकै हो ।

umlवेनी नगरपालिकाको वडा नं १ बाट विजयी हुने एकजना वडाध्यक्षबाहेक अन्य जतिपनि प्रतिनिधिहरु एमालेकातर्फबाट विजयी भएका छन त्यसको श्रेय भूईतहको मजबुत संगठनलाई जान्छ । ती पदहरुमा क, ख, वा ग जो जसलाई उठाएका भए पनि विजयी हुन्थ्यो । किनकि एमालेले उम्मेदवारीको मानक पार्टीको झोला बोकेको अवधिलाई बनाएको थियो । उम्मेदवारका लागि अतिरिक्त योग्यता आवश्यक ठानिएको थिएन ।

माथि उल्लेखित बाहेक अरु कुनै अर्को एकजनाले पनि पार्टी समर्थक सुभेच्छुकको घेराभन्दा बाहिरबाट एक मत पनि जुटाउने सामथ्र्य सायदै राख्थ्यो होला । चुनावमा जे जति सिट जित्यो त्यो एमालेका उम्मेदवारले होइन, एमालेले जितेको हो । एमालेको सांगठनिक विजय हो । काँग्रेसको स्थिति भने ठिक त्यसको विपरित देखियो । अर्थात काँग्रेसको विजय पार्टी संगठनभन्दा बढी उम्मेदवारको व्यक्तिगत लोकप्रियतामा आधारित देखियो ।

नगरपालिकाको निर्वाचन नेपाली काँग्रेसले होइन, हरिकुमारले जितेका हुन भन्नु बढ्ता हुन्छजस्तो लाग्दैन । भन्नुको मतलब पार्टी संगठनको बल जुनसुकै उम्मेदवारको पक्षमा हुन्थ्यो नै र पनि त्यति मात्र विजयको लागि पर्याप्त हुदैनथ्यो । यद्यपि १० नम्बर वडाको मत मेयरको विजयका लागि निर्णायक बन्यो र त्यो मत भने हरिकुमार भन्दा पार्टीको कारणबाट आएको थियो ।

18193790_1383951208318338_518181875677135646_nतर बिर्सन नमिल्ने कुरा के थियो भने १० मध्येका आठ/आठ वटा वडामा एकलौटी वर्चस्व कायम गरेको एमालेका प्रतिश्पर्धीसँग हाराहारीको मत प्राप्त गर्नसक्नु व्यक्तिगत आकर्षण वा लोकप्रियता होइन भन्न मिल्दैन ।

भव भण्डारी र डमवहादुरहरुको विजयमा पनि त्यही फ्याक्टर निर्णायक रहेको हो भनेर स्वीकार्न नेपाली काँग्रेसले लाज मान्नुपर्छजस्तो लाग्दैन । व्यक्तित्व, लोकप्रियता र सर्वस्वीकार्यताले कति अर्थ राख्छ भन्ने कुराको उदाहरणका लागि अन्नपूर्ण गाउँ पालिकाको घार–७ मा भएको एमालेको पराजयलाई लिन सकिन्छ । त्यो त्यही ठाउँ हो जहाँ पञ्चायत कालरात्रीमा समेत एमालेले “जनपक्षीय

प्रधानपञ्च” जिताएको थियो । एकहिसाबले पागद्वारसहितको घार म्याग्दी एमालेको जन्मभूमि हो ।
आधारकिल्ला हो । यसपटक पनि उम्मेदवारको व्यवहारकूशलता, इमान्दारिता, लगनशीलता र विज्ञताको हिसाबले कतै पनि खोट लगाउने ठाउँ थिएन । तर खाँचो थियो एमालेइतरका मतदाताहरुको भरोसा आर्जनको क्षमता ! नेतृत्वको सबभन्दा ठुलो आधार “सबैको साझा बनिदिने खुबी” हो ।Congress_UML_पञ्चायत कालमा जनपक्षीय प्रधानपञ्चमा विजयश्री प्राप्त गर्नुमा संगठनभन्दा सोभित खड्काको व्यक्तिगत लोकिप्रियता प्रबल पक्ष थियो भन्ने कुरा म्याग्दी एमालेले कहिल्यै बुझेन वा बुझ्ने प्रयत्नै गरेन ।

उतिबेला देखि गर्दै आएको त्यही गल्ती नसच्याउनाले यसपटक आधारभूमिमा पराजित हुनुप¥यो । एमालेलाई वेनीको मेयर गुमाउनुभन्दा ठुलो झड्का घारको पराजयले दिएको हुनुपर्छ । किनकि त्यसले आधार भत्कन थालेको लक्षणतिर संकेत गर्दछ ।

निर्वाचनको जय पराजयमा व्यक्तिगत लोकप्रियताले ठूलो अर्थ राख्दछ भन्ने कुरा यसपटकको निर्वाचनमा साझा र विवेकशील पार्टीलाई काठमाडौंमा परेको प्रारम्भिक मतसंख्याले देखाउँछ । एमाले र काँग्रेसको कुरा परै छोडौं, सांगठनिक दृष्टिले साझाभन्दा माओवादी केन्द्र कति सुसंगठित थियो, थियो ! साझा र विवेकशीलभन्दा त बाबुरामको नयाँशक्तिको पनि सांगठनिक आधार बलियो थियो ।
तर जनताको मत आकर्षण गर्न संगठन मात्र पर्याप्त हुदैन भन्ने कुरा ती दुबै पार्टीभन्दा ती स्वतन्त्र उम्मेदवारहरुले लिएको अग्रताले प्रमाणित गरिदियो । अवश्य, सांगठनिक आधारमा गरिने राजनीति दिगो हुन्छ । भरोसायोग्य हुन्छ । तर सधै प्रभावकारी र फलदायी हँुदैन ।

व्यक्तिविशेषप्रतिको जन आकर्षण, विश्वास र भरोसाले निर्वाचनको जय पराजयमा ठूलो भूमिका निर्वाह गर्छ । दुबैको अर्थात व्यक्तित्व र संगठनको तालमेल चुनावी राजनीतिका लागि आवश्यक हुन्छ ।

यसपटकको निर्वाचन परिणामले एमाले र काँग्रेस दुबैलाई राम्रो शिक्षा दिएको हुनुपर्छजस्तो लाग्छ ।
अन्तमा, आफूहरुमध्ये बाटै नेतृत्व विकास गर्ने र स्थापित गर्ने प्रयत्न गर्दा राम्रो हुन्छ भनेर दोहो¥याएर भन्दा सायद अब काँग्रेसी मित्रहरुलाई अरुचिकर र नमीठो नलाग्ला कि ?”