खेलकुद

बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन १२ गते । शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मंचमा शुक्रबार र शनिबार दुईदिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभएको । जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौं रनिङशिल्ड प्रतियोगिता गर्न लागिएको […]

शुक्रबार देखि बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विकल्प न्यूज/बेनी फागुन ११ गते । भोली शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको हो । जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौँ रनिङशिल्ड गर्न लागिएको हो । प्रतियोगिताको […]

प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

विकल्प न्युज/ बेनी फागुन ५ गते । म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको पहिचान स्थापित गरेकाले खेलकुद […]

मुख्यमन्त्री कपमा बाग्लुङ र म्याग्दी विजयी

स्याङ्जा, फागुन ३ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेका छन् । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बाग्लुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो । महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा सेटमा पराजित गरेको थियो । यस्तै स्याङ्जाले तनहुँलाई […]

गण्डकी मुख्यमन्त्री कप ः अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा

अर्जुन काफ्ले /स्याङ्जा, फागुन २ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो । यस्तै महिला तर्फ नै पर्वतले तनहुलाई […]

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि हेम माविलाई

विकल्प न्यूज । बेनी शिवाङ, २२ माघ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित […]

सहिद दिवसको अवसरमा पाउद्धारमा दौड प्रतियोगिता

विकल्प न्यूज\बेनी माघ १६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा सहिद दिवस पारेर सोमबार दौड प्रतियोगिता भएको छ । पञ्चायत विरोधी आन्दोलनमा सहिद हुनुभएका पाउद्धारका सुरेश पुनको स्मृतिमा पाउद्धारको विभिन्न टोलका व्यक्ति र विद्यार्थीहरुको दौड प्रतियोगिता आयोजना गरिएको हो । ३२ जनाले प्रतियोगितामा भाग लिएका थिए । तीन किलोमिटर दुरिको संस्थागत दौड प्रतियोगितामा पाउद्धार माझ […]

न्यु होराइजनले जित्यो जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्युज/जलजला माघ १६ गते । पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ । सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । यसैगरि विद्याज्योती मावि मल्लाजले […]

मंगला मावि बावियाचौरले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी माघ १५ गते । मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले जितेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो । यसैगरी उपविजेता महेन्द्र रत्न मावि […]

म्याग्दी भलिबल कपका लागि २० लाख सहयोगको सम्झौता

विकल्प न्यूज\बेनी माघ १५ गते । म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा भलिबलमा नयाँ प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० बर्षे सम्झौता गरिएको हो । उक्त सहयोग मार्फत आगमी पुस ५ गते बाट म्याग्दी भलिबल कपको आयोजना […]

किसानी माविले जित्यो मालिकाको राष्ट्रिपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी माघ १५ गते । मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी मावि बिमले जितेको छ । शनिबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण,११ रजत र ५ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जितेको हो । उपविजेता भिम मावि देविस्थानले १० स्वर्ण,२ […]

पोखरामा सम्पन्न फुटसलमा रिभर साइड बगरफाँट क्लवले जित्यो डेढ लाख पुरस्कार

ध्रुवसागर शर्मा \बेनी माघ १४ गते । पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ । शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान […]

गण्डकीले जित्यो टाइगर कपको उपाधि

१४ माघ, पोखरा ।  पोखरामा सञ्चालित टाइगर कपको तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको छ । घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले […]

प्रभा मावि नारच्याङलाई तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी माघ १४ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दाेबामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा […]

एपिएफलाई टाइगर कप भलिबलको उपाधि

विकल्प न्यूज/पोखरा माघ १४ गते । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ। पोखरा रङ्गशालामा शनिबार भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो। पहिलो सेट २५–२० ले […]