माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश

विकल्प न्यूज/बेनी
मंसिर २२ गते ।

 माउन्ट एभरेष्ट आवासीय मावि र न्यु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेका छन् ।

साविक बिजेता शारदा माविलाई शूून्यका विरुद्ध दुुई गोल गर्दै न्यु वेष्ट पोइन्ट र म्याग्दी एकेडेमीलाई शुन्यका विरुद्ध एक गोल गर्दै माउन्ट एभरेष्ट आवासीय मावि सेमीफाइनल प्रवेश गरेका म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले जानकारी दिनुभयो ।

शनिबार बिहान बेनी सामुुदायिक मावि र जनप्रिय मावि तथा बेनी बोर्डिङ र हेम मावि शिवाङ बीच क्वाटर फाइनलको प्रतिस्पर्धा हुने जनाइएको छ । बेनी सामुदायिक र जनप्रिय बीचको खेलमा बिजयी हुुने न्युु वेष्टसँग तथा बेनी बोर्डिङ र हेम माविबीचको खेलका बिजेता सेमीफाइनलमा माउन्ट एभरेष्टसँग भिड्ने बताइएको छ ।शुुक्रबार भएको क्वाटर फाइनलमा माउन्टले सरस्वती आधारभूूतलाई शुून्यका विरुद्ध ११, बेनी सामुुदायिकले गलेश्वर माविलाई शूून्यका विरुद्ध ६ गोल, बेनी बोर्डिङले सरस्वती माविलाई शून्यका विरुद्ध २ गोल र जनप्रिय माविले धौलागिरी माविलाई शून्यका विरुद्ध २ गोल गरेका गरेका थिए ।

२३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि प्रतियोगिताको मुुख्य प्रयोजक गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन संस्थापक रहनुुभएको राम–बिमला गौचन फाउण्डेशन रहेको छ । फाउडेशनले प्रतियोगिता सञ्चालनका लागि रु. एक लाख सहयोग गरेको छ ।

२१ वर्षदेखि वार्षिक रुपमा सञ्चालन हुदै आएको जेसीजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेलाडीहरुमा लोकप्रिय मानिन्छ । बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक विनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिने भएको छ । अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई रु. पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।

प्रतियोगितामा रु. सात लाख पचास हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।