जलजलाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि विद्याज्योती माविलाई

विकल्प न्यूज/बेनी
मंसिर ९ गते ।

पर्वतको जलजला गाउँपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योती मावि मल्लाजले हात पारेको छ । शनिवार सम्पन्न भएको प्रतियोगितामा २४ अंक प्राप्त गर्दै विद्याज्योतीले प्रथम स्थान हासिल ग¥यो । त्यस्तै २० अंक प्राप्त गर्दै जनकल्याण मावि जलजला ८ द्धितीय र ६ अंक सहित सालिजा मावि जलजला ६ ले तृतीय स्थान प्राप्त ग¥यो ।

प्रथम,द्धितीय र तृतीय हुने विद्यालय र विजेता खेलाडीहरुलाई पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,पालिकाका शिक्षा संयोजक एकिन्द्र खत्री,वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्य लगायतले पुरस्कार,प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।
प्रथम हुने विद्याज्याीले १३ स्वर्ण,९ रजत र २ कास्य पदक,द्धितीय हुने जनकल्याण माविले ११ स्वर्ण,३ रजत र ६ कास्य र तृतीय हुने शालिजा माविले २ स्वर्ण,३ रजत र १ कास्य पदक जितेको पालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि र ३ वटा आधारभूत गरी १५ विद्यालयका तीनसय विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा एथलेटिक्स,कबड्डी, र भलिबल विधामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक इभेन्ट,बिधागत र समग्र प्रथम,द्धितीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल,प्रमणपत्र र नगद पुरस्कार वितरण गरिएको छ ।

भलिबलमा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमशः छ हजार,चारहजार पाँचसय र तीनहजार,कबड्डीमा प्रथम,द्धितीय र तृतीय हुनेलाई चारहजार पाँचसय,तीनहजार र एकहजार पाँचसय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीलाई व्यक्तिगत एकहजार दुईसय देखि दुई हजार रुपियाँ सम्म पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको विहिवार जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले उद्घाटन गर्नुभएको थियो ।