खेलकुद
युवा खेलाडी बानीयाँ खेल प्रशिक्षकमा नियुक्त
विकल्प न्यूज/बेनी फागुन २१ गते । बेनी नगरपालीका ९ निवासी म्याग्दीका भलिबल खेलाडी तेजेन्द्र बानियाँ खेल प्रशिक्षकमा नियुक्त हुनुभएको छ । जिल्ला खेलकुद विकास समितिमा कर्मचारीको रुपमा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय खेलकुद विकास परिषद्ले बानियाँलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । काउलेगौडा युवा कल्वका संस्थापक अध्यक्ष रहनुभएका बानियाँ आधा दशकदेखि भलिबल खेलमा सक्रिय हुनुहुन्छ । […]
सागमा पदक दिलाउने खेलाडीलाई सम्मान
विकल्प न्यूज/बेनी फागुन १९ गते । भारतमा हालै सम्पन्न १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक दिलाउने म्याग्दीका खेलाडीहरुलाई बुधबार बेनीमा विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस निकट लोकतान्त्रीक खेलकुद संघ, म्याग्दी उद्योग वाणिज्य संघ, काउलेगौडा युवा कल्व र न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि […]
लोकतान्त्रिक खेलकुद संघ म्याग्दीद्धारा सागमा पदक जित्ने खलाडीलाई सम्मान
विकल्प न्यूज /बेनी फागुन १९ गते । १२ औ दक्षिण एशियाली खेलकुद (साग)मा पदक जित्ने म्याग्देली खेलाडीलाई नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीले सम्मान गरिएको छ । बुधवार पार्टी कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा पार्टीका नवनिर्वाचीत कोषाध्यक्ष टंक हमाल,जिल्ला सदस्य मिनवहादुर कार्की र लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो […]
म्याग्दी जिविसद्धारा सागमा पदक दिलाउने खेलाडीहरु सम्मानित
विकल्प न्यूज/बेनी फागुन १८ गते । भारतमा सम्पन्न १२ औ साग खेलकुद प्रतियोगितामा पदक दिलाउने म्याग्दीमा जन्मीएका पाँच जना खेलाडीलाई पुरस्कार तथा कदरपत्रले सम्मान गरिएको छ । मंगलबार २४ औ जिल्ला परिषद्का अवसरमा खेलाडीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठ,स्थानीय विकास अधिकारी चिरन्जीवि शर्मा र विभिन्न […]
फुटबलको जितमा म्याग्दीमा विजय उत्सव (फोटोसहित)
विकल्प न्यूज /बेनी फागुन ४ गते । १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत सोमबार भएको पुरुष फुटबल प्रतियोगिता फाइनल खेलमा भारतलाई १ का विरुद्ध २ गोल गरी नेपाली खेलाडीहरुले एतिहासिक जित हासिल गरेका थिए । २३ वर्ष पछि नेपालले प्राप्त गरेको जितलाई मुलुकभर खुसियाली मनाइएको छ । म्याग्दीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न विद्यालयका […]
यी हुन् नेपाली फुटबलका नवयुग
भनिन्छ– १२ वर्षमा खोलो पनि फर्किन्छ । तर, फुटबलमा जितको खोलो फर्काउन नेपाललाई २३ वर्ष लाग्यो । र, फुटबलको यो नवयुगको सारथि बनेका छन् नवयुग श्रेष्ठ । बंगबन्धु गोल्डकपमा नेपाललाई उपाधि जिताएर मोस्ट भ्यालुएबल प्लेयर, हाइएस्ट स्कोरर बनेका नवयुगले साग फुटबल उपाधिका लागि निर्णायक गोल गरेर नेपाली फुटबलप्रेमीलाई दुवै हातमा लड्डु दिलाएका छन् । फुटबलमा […]
नेपालको जित, २३ वर्षपछि साग फुटबलमा स्वर्ण (भिडियो सहित)
३ फागुन, काठमाडौं । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो । यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को फाइनल पुगेर पनि […]
जसले म्याग्दीलाई चिनाए
विकल्प न्यूज /बेनी म्याग्दी,माघ २८ गते । म्याग्दीको हिस्तान गाविसमा जन्मिएकी तारादेवी पुनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक,पाखापानी–३ का प्रेमप्रसाद पुन ‘जुलुक’ले सागको आर्चरीतर्फ काश्य, ओखरबोटकी कमला पुन र पिप्लेकी अरुणा शाहीले महिला भलिबलमा तेस्रो स्थान प्राप्त गदैं कास्यपदक जितेका थिए । ‘ कास्य लिएर स्वदेश […]
कांस्यभित्र लुकेको म्याग्दीकी ताराको असिम खुसी
फलामसँग साइनो गाँसेको १४ वर्ष बितिसकेछ। ठूल्ठूला फलामे रिङ उचाल्दै थचार्दैमा ती दिनहरु बिताएकी तारादेवी पुनको मुहारमा मंगलबार असिम खुसी थपिएको छ। उनको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने धोको पूरा गरेकी छन्। दिसपुरस्थित भोगेश्वारी इन्डोर स्टेडियममा महिला ७५ केजीमाथिको तौल समूहमा तारादेवीले कांस्य पदक जितेकी थिइन् । उनी खेलाडी जीवनको उत्तराद्र्धतिर […]
क्षेत्रीय भलिबल प्रतियोगितामा म्याग्दी तृतीय स्थानमा विजयी
विकल्प न्यूज म्याग्दी,माघ २५ गते । पर्वतको डिमुवामा आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्र स्तरीय खुल्ला भलिबल प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासील गर्न सफल भएका छ । डिमुवा स्थित नवजागृती उच्च माविको स्वर्ण जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा स्याङजा प्रथम स्थान,नवलपरासी दोस्रो र म्याग्दी तेस्रो भएका छन् । उनीहरुले क्रमशः एकलाख पचासहजार,एकलाख र पचास हजार रुपियाँ पुरस्कार हाता […]
बेनीमा पाँचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १४ गते । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्लामञ्च खेल मैदानमा बिहीबारदेखि जिल्ला स्तरीय अन्तर निमावी पाचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । बेनी आवासिय माविमा गठित जुनियर रेडक्रस सर्कलले विद्यालयको रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगितामा निमावी तहका १४ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । तिन दिनसम्म सञ्चालन […]
उपाधीले ल्यायो खुसी
बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेपछि खुसी मनाउँदै बेनीको न्यु वेष्ट प्वाईन्ट विद्यालय । तस्विर ठाकुरप्रसाद आचार्य
दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी वेष्ट प्वाईन्टलाई (फोटो सहित)
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ९ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको विद्यालय स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट प्वाईन्टले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा माघको ५ गतेदेखि सञ्चालित प्रतियोगिताको विभिन्न बिधाका खेलमा १४५ अंक प्राप्त गर्दै वेष्ट प्वाईन्टले दोस्रो पटक उपाधि जितेको हो प्रतियोगितामा बरंजाको महेन्द्ररत्न […]
२३ वर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो
८ माघ, काठमाडौं । नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो । यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । ढाकामा भएको खेलमा नेपालले ५ […]
बेनीमा जारी दोस्रो राष्ट्रपति रनिङ कपको तेस्रो दिनसम्म वेष्ट प्वाईन्टको अग्रता
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ७ गते । म्याग्दीको बेनीमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगिताको तेस्रो दिन मंगलबारसम्म न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि बेनीले अग्रता लिएको छ । सटफुट, हाईजम्प, त्रिपल जम्प, ८०० मिटर दौड र १५०० मिटर दौडको फाईनल सम्पन्न हुँदा सम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड बिजेता वेष्ट प्वाईन्टले ४४ […]