दोस्रो टोड्के महोत्सव क्षेत्रीय भलिबलको फाइनलमा पर्वत र स्याङ्जा भिड्ने

विकल्प न्यूज/बेनी
फागुन २८ गते ।
म्याग्दीको कुहुँ, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका १२ पुलाचौरको सिमा क्षेत्रमा पर्ने टोड्केमा आयोजित दोस्रो टोड्के महोत्सवको अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा बागलुङलाई पराजित गर्दै स्याङ्जा फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा १ का विरुद्ध ३ सेट हात पादैं स्याङ्जाले फाइनलमा आफ्नो स्थान सुरक्षित पारेको हो ।
महोत्सवको अन्तिम दिन शनिबार हुने फाइनलमा स्याङ्जा र छिमेकी जिल्ला पर्वत भिड्नेछन् । प्रतियोगितामा महिला भलिवल अन्र्तरगत ७ टिमले सहभागिता जनाएका थिए । जसमा पर्वत सालिजा र झि गाविस फाइनलमा प्रवेश गरेका छन् । पश्चिमाञ्चल स्तरीय भलिवलमा स्याङ्जा जिल्लाबाट अन्र्तराष्टिय खेल खेलेका विजय थापा मगसर र महेन्द्र श्रेष्ठ समेत खेलमा सहभागि रहेको खेलकुद प्रतियोगिताका अफिसियल संयोजक तेजेन्द्र बानियाँले बताए ।

12834809_1109189842454079_1583884432_n
महिला भलिबलको पहिलो खेल पात्लेखेतको वाखेत र झिँ गाविस विच हुने छ । पुरुष भलिबलको प्रथम १ लाख ११ हजार १११, द्धितिय ६६ हजार ६६६ र महिला भलिबलको प्रथम ४० हजार र द्धितिय २५ हजार सहित मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरमा अवस्थित पर्यटकीयस्थल टोड्केमा खेलाडीलाई खाना र बस्नको ब्यवस्था थियो । सुर्योदय, हिमशृङ्खला, गुरासे जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले सम्भावनायुक्त स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा आयोजित महोत्सव आगामी फागुन २९ गते शनिबार सम्पन्न हुनेछ । हरिकृष्ण गौतम