म्याग्दीका बुढा अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

विकल्प न्यूज/बेनी
म्याग्दी १८ भदौ ।
म्याग्दीका कराते खेलाडी चन्द्र बुढा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि छनौट भएका छन् । भारतमा हुन लागेको तेस्रो दक्षिण एशियाली क्याडेट जुनियर एण्ड सिनियर कराँते च्यापीयन सिपमा भाग लिन बुढा छनौट भएका हुन् । Chandra Budaकाठमाडौमा शनिबार भएको राष्ट्रिय स्तरको छनौट खेलमा बुढाले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएको कराते खेलका प्रशिक्षक बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बुढाले यसअघि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर विभिन्न पदक जित्नुभएको थियो । छनौट खेलमा म्याग्दीका ६ जना खेलाडी सहभागि भएका थिए ।