विकल्प न्यूज /बेनी
फागुन १९ गते । १२ औ दक्षिण एशियाली खेलकुद (साग)मा पदक जित्ने म्याग्देली खेलाडीलाई नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीले सम्मान गरिएको छ । बुधवार पार्टी कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा पार्टीका नवनिर्वाचीत कोषाध्यक्ष टंक हमाल,जिल्ला सदस्य मिनवहादुर कार्की र लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो ।
सम्मानीत हुनेहरुमा तारादेवी पुन, प्रेम प्रसाद पुन ‘जुलुक’, कमला पुन, अरुणा शाही र विन्दु पुन मगर लाई सम्मान गरिएको हो । हिस्तान गाविसमा जन्मिएकी तारादेवी पुनले भारात्ताोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक,पाखापानी गाविस–३ का प्रेमप्रसाद पुन ‘जुलुक’ले सागको आर्चरीतर्फ काश्य, रुम गाविसकी कमला पुन, बावियाचौर गाविसकी विन्दु पुन मगरले उसुमा रजत पदक र पिप्लेकी अरुणा शाहीले महिला भलिबलमा तेस्रो स्थान प्राप्त गदैं कास्यपदक जिताएकी थिइन । सम्मान कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सञ्चालन संघका सचिव विनय श्रेष्ठ र स्वागत उपाध्यक्ष विक्रम बोगटीले गर्नुभएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेपालमै खेल क्षेत्रमा पछाडी रहेको जिल्लाको रुपमा चिनिएको म्याग्दीबाट राष्ट्रिय ह’दै अन्र्तराष्ट्रिय खेलमा समेत सहभागिता जनाएर देशको शीर उच्च राख्न सफल भएका खेलाडीलाई सम्मान गरिएको लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताइनुभयो ।
। त्यस्तै मंगबार माउण्ट एभरेष्ट आवासीय उच्च माविले प्रति खेलाडी ३ हजार सहित सम्मान गरेको थियो । बुधबार न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च मावि, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी सामुदायिक उच्च मावि, काउँलेगौडा यूवाा क्लव घतान, लिटल गार्डेन एकेडमी लगायतले खेलाडीहरुलाई सम्मान गरेका छन् ।