एभरग्रिन कपको उपाधि आयोजकले जित्यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ११ भदौ ।
बेनीमा शनिबार सम्पन्न भएको दोस्रो एभरग्रिन कप सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रिन युथ कल्वले जितेको छ ।DSC03403बेनीको खुल्ला मञ्चमा भएको फाईनल खेलमा जनप्रिय भुपु विद्यार्थी कल्ब दरवाङलाई पराजित गर्दै आयोजकले उपाधिमा कब्जा जमाएको हो । निर्धारीत साठी मिनेटमा दुवै तर्फबाट एकएक गोल हानेपछि खेल पेनाल्टी सुटआउटबाट टुङ्गीएको थियो ।
पेनाल्टी सुटआउटमा एभरग्रिनले तिन र जनप्रियले एक गोल गरेका थिए । खेल सुरु भएको १२ औ मिनेटमा जनप्रियको तर्फबाट खगेन्द्र पुनले गोल गरेर अग्रता दिलाएका थिए । ३७ मिनेटमा एभरग्रिनका बिजय श्रेष्ठले गोल गरेपछि आयोजकले जनप्रियलाई दबावमा पारेको थियो । DSC03365चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५१ हजार १११ र २८ हजार ८८८ रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । ३२ टिम सहभागी प्रतियोगितामा जनप्रियका खगेन्द्र पुन उत्कृष्ट खेलाडी र रिवल म्याग्दीका अशोक नेपाली सर्वाधिक गोलकर्ता बनेका छन् ।

एभरग्रिनका विजय श्रेष्ठ, अनील तामाङ र भुपाल घलेले उत्कृष्ट स्टाईकर, डिफेण्डर र गोलरक्षकको पुरस्कार प्राप्त गरेका छन् । मनसुन युवा कल्व चुत्रेनीलाई अनुशाषित टिम घोषणा गरिएको थियो ।DSC03410बिजयी टिमका खेलाडीहरुलाई प्रमुख अतिथि अमीत तुलाचन, एभरग्रिन युथ कल्वका अध्यक्ष सोभन श्रेष्ठ, बागलुङ भगवती यातायात सेवाका प्रतिनिधि राम केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।