विकल्प न्यूज/बेनी
फागुन १८ गते ।
भारतमा सम्पन्न १२ औ साग खेलकुद प्रतियोगितामा पदक दिलाउने म्याग्दीमा जन्मीएका पाँच जना खेलाडीलाई पुरस्कार तथा कदरपत्रले सम्मान गरिएको छ । मंगलबार २४ औ जिल्ला परिषद्का अवसरमा खेलाडीहरुलाई सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठ,स्थानीय विकास अधिकारी चिरन्जीवि शर्मा र विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
उसुमा रजत पदक दिलाएकी बिन्दु पुनलाई सात हजार, कास्य पदक जित्ने भारत्तोलनका तारादेवी पुन, भलिबलका अरुण शाही, कमला पुन र आर्चरीका प्रेमप्रसाद पुनलाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुले भारत भएको साग खेलकुदमा उत्कृष्ट पदर्शन गरेर जिल्लाकै गौरब बढाएका थिए ।