खेलकुद

फुटबलको जितमा म्याग्दीमा विजय उत्सव (फोटोसहित)

विकल्प न्यूज /बेनी फागुन ४ गते । १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत सोमबार भएको पुरुष फुटबल प्रतियोगिता फाइनल खेलमा भारतलाई १ का विरुद्ध २ गोल गरी नेपाली खेलाडीहरुले एतिहासिक जित हासिल गरेका थिए । २३ वर्ष पछि नेपालले प्राप्त गरेको जितलाई मुलुकभर खुसियाली मनाइएको छ । म्याग्दीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न विद्यालयका […]

यी हुन् नेपाली फुटबलका नवयुग

भनिन्छ– १२ वर्षमा खोलो पनि फर्किन्छ । तर, फुटबलमा जितको खोलो फर्काउन नेपाललाई २३ वर्ष लाग्यो । र, फुटबलको यो नवयुगको सारथि बनेका छन् नवयुग श्रेष्ठ । बंगबन्धु गोल्डकपमा नेपाललाई उपाधि जिताएर मोस्ट भ्यालुएबल प्लेयर, हाइएस्ट स्कोरर बनेका नवयुगले साग फुटबल उपाधिका लागि निर्णायक गोल गरेर नेपाली फुटबलप्रेमीलाई दुवै हातमा लड्डु दिलाएका छन् । फुटबलमा […]

नेपालको जित, २३ वर्षपछि साग फुटबलमा स्वर्ण (भिडियो सहित)

३ फागुन, काठमाडौं । भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो । यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को फाइनल पुगेर पनि […]

जसले म्याग्दीलाई चिनाए

विकल्प न्यूज /बेनी म्याग्दी,माघ २८ गते । म्याग्दीको हिस्तान गाविसमा जन्मिएकी तारादेवी पुनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक,पाखापानी–३ का प्रेमप्रसाद पुन ‘जुलुक’ले सागको आर्चरीतर्फ काश्य, ओखरबोटकी कमला पुन र पिप्लेकी अरुणा शाहीले महिला भलिबलमा तेस्रो स्थान प्राप्त गदैं कास्यपदक जितेका थिए । ‘ कास्य लिएर स्वदेश […]

कांस्यभित्र लुकेको म्याग्दीकी ताराको असिम खुसी

फलामसँग साइनो गाँसेको १४ वर्ष बितिसकेछ। ठूल्ठूला फलामे रिङ उचाल्दै थचार्दैमा ती दिनहरु बिताएकी तारादेवी पुनको मुहारमा मंगलबार असिम खुसी थपिएको छ। उनको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने धोको पूरा गरेकी छन्। दिसपुरस्थित भोगेश्वारी इन्डोर स्टेडियममा महिला ७५ केजीमाथिको तौल समूहमा तारादेवीले कांस्य पदक जितेकी थिइन् । उनी खेलाडी जीवनको उत्तराद्र्धतिर […]

क्षेत्रीय भलिबल प्रतियोगितामा म्याग्दी तृतीय स्थानमा विजयी

विकल्प न्यूज म्याग्दी,माघ २५ गते । पर्वतको डिमुवामा आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्र स्तरीय खुल्ला भलिबल प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासील गर्न सफल भएका छ । डिमुवा स्थित नवजागृती उच्च माविको स्वर्ण जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा स्याङजा प्रथम स्थान,नवलपरासी दोस्रो र म्याग्दी तेस्रो भएका छन् । उनीहरुले क्रमशः एकलाख पचासहजार,एकलाख र पचास हजार रुपियाँ पुरस्कार हाता […]

बेनीमा पाँचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १४ गते । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्लामञ्च खेल मैदानमा बिहीबारदेखि जिल्ला स्तरीय अन्तर निमावी पाचौ बेनी बोडीङ रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । बेनी आवासिय माविमा गठित जुनियर रेडक्रस सर्कलले विद्यालयको रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगितामा निमावी तहका १४ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । तिन दिनसम्म सञ्चालन […]

उपाधीले ल्यायो खुसी

बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेपछि खुसी मनाउँदै बेनीको न्यु वेष्ट प्वाईन्ट विद्यालय । तस्विर ठाकुरप्रसाद आचार्य

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी वेष्ट प्वाईन्टलाई (फोटो सहित)

सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ९ गते । म्याग्दीको बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको विद्यालय स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट प्वाईन्टले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा माघको ५ गतेदेखि सञ्चालित प्रतियोगिताको विभिन्न बिधाका खेलमा १४५ अंक प्राप्त गर्दै वेष्ट प्वाईन्टले दोस्रो पटक उपाधि जितेको हो प्रतियोगितामा बरंजाको महेन्द्ररत्न […]

२३ वर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो

८ माघ, काठमाडौं । नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो । यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । ढाकामा भएको खेलमा नेपालले ५ […]

बेनीमा जारी दोस्रो राष्ट्रपति रनिङ कपको तेस्रो दिनसम्म वेष्ट प्वाईन्टको अग्रता

सन्तोष गौतम/विकल्प म्याग्दी,माघ ७ गते । म्याग्दीको बेनीमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगिताको तेस्रो दिन मंगलबारसम्म न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च मावि बेनीले अग्रता लिएको छ । सटफुट, हाईजम्प, त्रिपल जम्प, ८०० मिटर दौड र १५०० मिटर दौडको फाईनल सम्पन्न हुँदा सम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड बिजेता वेष्ट प्वाईन्टले ४४ […]

दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा

विकल्प न्यूज /बेनी म्याग्दी,माघ ३ गते । बेनीमा मंगलबारदेखि सुरु हुन लागेको दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रचारप्रसार, नाम दर्ता, खेलमैदान मर्मत, ब्यवस्थापन, आर्थिक संकलन लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । माघ ९ गतेसम्म सञ्चालन सञ्चालन हुने प्रतियोगितामा […]

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको नाम दर्ता शुरु

विकल्प न्यूज /बेनी माघ २ गते । जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड(विद्यालय स्तरीय छात्र÷छात्रा) प्रतियोगिता–२०७२ को लागि नाम दर्ता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले दिएको जानकारी अनुसार आज माघ २ गते शनिबार सर्वोदय उच्च माध्यमिक विद्यालय भू–तातोपानीले विद्यालय दर्ता गराएको छ । जिल्लाका ६८ विद्यालयलाई पत्राचार […]

यसरी गरियो रत्नेचौरमा अंञ्चलस्तरीय खेलकुद मैदानको शिलन्यास

विकल्प/म्याग्दी पुस,२१ गते । बेनी नगरपालिका १ स्थित रत्नेचौरमा अञ्चल स्तरीय खेलकुद मैदान निर्माणको सुरुवात गरिएको छ । रत्नेचौरका युवाहरुको सक्रियतामा उक्त स्थानमा खेलकुद मैदान निर्माण कार्यको थालनी गरिएको हो । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्राईले सोमवार साँझ रत्नेचौरमा एक कार्यक्रमका विच खेलकुद मैदान निर्माणको शिलन्यास गर्नुभएको हो । […]

क्षेत्रीय भलिबल प्रतियोगितामा म्याग्दी चौथो

सन्तोष /विकल्प म्याग्दी,पुस १८ गते । बुटवलमा सम्पन्न पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगितामा म्याग्दी जिल्लाको टोली चौथो बनेको छ । लुम्बिनी एक्पो २०१५ अन्तराष्ट्रिय ब्यापार मेला अन्तरगत आयोजित प्रतियोगिताको सेमीफाईनलमा म्याग्दीको टोली नवलपरासीसंग पराजीत भएको थियो । १३ जिल्ला सहभागि प्रतियोगितामा नवलपरासी प्रथम, स्याङ्जा दितृय र गुल्मी तितृय भएका छन् । प्रतियोगितामा प्रथम, […]