माउन्ट पन्ध्रौ जेसीजकप फुटबल प्रतियोगिताको च्याम्पीयन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ मंसिर ।
म्याग्दी जेसीजले आयोजना गरेको अन्तर विद्यालय स्तरीय पन्ध्रौ जेसीजकप फुटबल प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय मावि च्याम्पीयन बनेको छ ।dsc07303गत वर्ष जेसीजकप कब्जा गरेको माउन्टले यसपाली सहित लगातार तेस्रो पटक च्याम्पीयन भएको हो । न्यु वेष्ट पाईन्ट र माउन्टबीच बिहीबार खुल्ला मञ्चमा भएको प्रतिस्पर्धाको निर्धारीत नब्बे मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलीएको थियो । dsc07264पेनाल्टीमा माउन्टले ६ र वेष्ट पोईन्टले ५ गोल गरेका थिए । वेष्ट पोईन्ट यसपाली सहित दश भन्दा धेरै पटक जेसीजकपको फाईनलमा पुगेको छ । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश नगद तिस हजार र पन्ध्र हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।dsc07277प्रतियोगितामा किसानी मावी धारापानीले अनुशाषित टिमको सम्मान सहित नगद पाँच हजार रुपैया पुरस्कार प्राप्त गरेको छ भने नौ गोल गरेका भिम मावि देविस्थानका मेखबहादुर पुर्जा सर्वाधिक गोलकर्ता भएका छन् । वेष्ट पोईन्टा मनिष श्रेष्ठ उत्कृष्ट खेलाडी, माउन्टका गणेश पुर्जा उत्कृष्ट गोलरक्षक र माउन्टकै प्रवीण हमाल फाईनल खेलको म्यान अफ द म्याच घोषीत भएका छन् ।

बिजेता र उपबिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई मुख्य प्रायोजक सन्तोष स्मृती कोषका संरक्षण श्यामप्रसाद श्रेष्ठ, नेपाल जेसीजका पुर्व अध्यक्ष धनञ्जय श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।dsc07293चार दिनसम्म सञ्चालन भएको बिस विद्यालय सहभागि भएका थिए । विद्यालय तहका खेल प्रतिभाको पहिचान र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरीएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष भिमसेन बराईलीको अध्यक्षता र महासचिव शुशिल थकालीले सञ्चालन गर्नुभएको समापन समारोहमा संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।