सन्तोष गौतम
म्याग्दी २१ असोज ।
बेनीमा शुक्रबार सम्पन्न दोस्रो कालीपुल युनाईटेड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।
उत्साही समूह पर्वत बेनीलाई पेनाल्टी सुटआउटमा ६ का विरुद्ध ७ गोलले पराजित गर्दै आयोजक कालीपुल युनाईटेड युवा कल्व बिजेता बनेको हो । ओपीआईलाई सेमीफाईनलमा शून्यका विरुद्ध १ गोलले पराजित गरेको उत्साही र कालीपुलबीचको खेलको निर्धारीत ९० मिनेटको समयअवधिमा एक, एक बराबरी गोल भएको थियो ।
बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश एक लाख ११ हजार १११ र ६६ हजार ६६६ रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् । बिजयादशमी तथा शुभदिपावली पर्वको अवसरमा असोज १५ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ समूहले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा कालीपुलका बिकास लामा सर्वोकृष्ट खेलाडी, आशिष बिरही सर्वोकृष्ट गोलकिप्पर, निराजन श्रेष्ठ उत्कृष्ट डिफेन्डर र टोप जुक्जाली सर्वाधिक गोलकर्ता घोषित भएका छन भने उत्साहीका सन्तोष पुनले उत्कृष्ट मिडफिल्डर र कुमार गुरुङले उत्कृष्ट स्टाईकरको उपाधि सहित नगद पाँच हजार ५५५ रुपैयाका दरले नगद पुरस्कार प्राप्त गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहनुभएका कल्वका सल्लाहकार कृष्णकुमार विश्वकर्माले सहजिकरण गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, प्रथम पुरस्कार प्रायोजक गोविन गर्बुजाकी आमा, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, दितृय पुरस्कार प्रायोजक धु्रब जिसी, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।