आठौ माउन्ट युरेस कपको उपाधी आयोजकको कब्जामा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी,पुस २९ गते ।
बेनीमा शुक्रबार सम्पन्न आठौ माउन्ट एभरेष्ट कप छात्रछात्रा भलिबल प्रतियोगिताको उपाधिमा आयोजक विद्यालयले कब्जा जमाएको छ ।

माउन्ट एभरेष्ट आवासिय माविमा गठित युवा रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगिताका छात्र, छात्रा तर्फको दुई वटै उपाधि आयोजक विद्यालयले जितेको हो । छात्रतर्फ गलेश्वर मावि तोरीपानी र छात्रातर्फ सर्वोदय मावि भुरुङ तातोपानी उपबिजेता भएका छन् ।
छात्रतर्फ बिजेता र उपबिजेता समूहले रनिङ शिल्ड, प्रमाणपत्र र मेडल सहित क्रमश नगद ३५ हजार र बिस हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । यसैगरी छात्रतर्फ बिजेता र उपबिजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १८ हजार र १२ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।Mountतिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बिस समूहले सहभागिता जनाएका थिए । छात्रतर्फ गलेश्वर माविका शिव श्रेष्ठ र छात्रातर्फ माउन्टकी सुस्मी पुर्जालाई उत्कृष्ट खेलाडी घोषणा गरिएको थियो ।

युरेसका सभापति सुदन कार्कीको अध्यक्षता, शिक्षक नायक कमल बानियाको सञ्चालन र प्रिन्सीपल राजु केसीले समापन गर्नुभएको कार्यक्रममा शिक्षा कार्यालयका स्रोत व्यक्ति मोहन बानिया, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णुकमार विश्वकर्मा, जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।