बेनीमा रिखार कप भलिबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ भदौ ।
म्याग्दीको बेनीमा न्यू संगम टे«डर्स रिखार कप वडा स्तरीय जिल्ला व्यापी भलीबल प्रतियोगिता सुरु भएको छ ।

बेनीबाट प्रकाशन हुने रिखार दैनीकको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिसस प्रमुख केसीले खेलकुदको माध्यमबाट सद्भाव्, अनुशासन र सहकार्यको सन्देश प्रवाह गराउनुपर्ने बताउनुभयो । 20882236_1648486798508883_2159253716116844228_nउहाँले खेलकुद प्रतियोगिताहरुलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिदै जिल्ला स्तरका खेल प्रतिभाको पहिचान र माथिल्लो तहमा पुग्ने अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सामाजिक परिवर्तनका लागि सञ्चार माध्यमको भुमिका र सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले पत्रकारीतालाई अब गाउँ, बस्ती केन्द्रित गर्नुपर्ने बताउनुभयो । पत्रिकाको प्रकाशक सम्पादक गोपाल छन्त्यालको अध्यक्षता र सञ्चारकर्मी अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिता उद्घाटनका अवसरमा ओमकुमारी शान्ति कोष र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाबीच मैत्रीपूर्ण भलीबल खेल भएको थियो । पत्रकार महासंघले तिन र शान्ति कोषले एक सेट जितेका थिए । भदौ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फ १७ र महिलातर्फ ७ वटा वडाले सहभागीता जनाएका प्रतियोगिता संयोजक तेजेन्द्र बानियाँले बताउनुभयो ।

बेनीको कालीपुल स्थित न्यू सँगम टे«र्डस मूख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुषतर्फ बिजेता र उपबिजेता टोलीले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश पचास हजार र तिस हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन्् ।

महिलातर्फ बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित २५ र पन्ध्र हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको महिला भलिबल प्रथम पुरस्कार धर्मनारायण इन्टरप्राइजेज एण्ड सुविन भाडाँ पसल र उपविजेताको पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समिति र डेल्टा इञ्जिनियरिङ बेनीले प्रायोजन गरेका छन् ।